काठमाडौँ — ब्रोकर कम्पनीहरूले काठमाडौं उपत्यकाबाहिर कम्तीमा ३ शाखा कार्यालय खोलेपछि मात्रै अब उपत्यकाभित्र शाखा खोल्नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीहरूलाई शाखा कार्यालय खोल्ने सम्बन्धी निर्देशिका जारी गर्दै यस्तो व्यवस्थागरेको हो । ब्रोकर कम्पनीहरु काठमाडौं उपत्यकामा मात्रै थुप्रिएपछि बोर्डले बाहिर जानका लागि बाध्यात्मक व्यवस्था गरेको हो ।निर्देशिकाअनुसार ब्रोकर व्यवसायीले शाखा खोल्न बोर्डसमक्ष निवेदन दिनुपर्छ । सम्पूर्ण विवरण तथा कागजात प्राप्त भएको १५ दिनभित्रनिवेदकलाई शाखा कार्यालय खोल्न स्वीकृत प्रदान गरिने बोर्डले जनाएको छ ।

शाखा कार्यालय खोल्न स्वीकृति प्राप्त गरेपछि कार्यालय खोल्न नसकेमा बोर्डबाट स्वीकृति रद्द भएको १ वर्षसम्म ब्रोकरले शाखाखोल्नका लागि निवेदन दिन नपाउने निर्देशिकामा उल्लेख छ । त्यस्तै शाखा कार्यालयको लागि बोर्डले चुक्ता पुँजी प्रतिशाखा १ करोड५० लाख तोकेको छ । निर्देशिका अनुसार हाल सञ्चालन भइरहेका शाखा कार्यालयले समेत ६ महिनाभित्र यो चुक्ता पुँजी पुर्याउनुपर्ने छ। निर्देशिका कार्यान्वयनमा कुनै बाधा अड्काउ पर्न आएमा बोर्डले फुकाउन सक्ने उल्लेख छ ।
