मेयर हर्क साम्पाङ श्रम अभियानले देशको विकास हुने भन्दै धरान आएर ढुङ्गा बोक्न आह्वान गर्दै फेसबुकमा स्टाटस लेखिरहन्छन्।उनको यस्तो स्ट्याटसमा कोही समर्थन गर्दै, कोही विरोध मजाक उडाउँदै कमेन्ट गर्नेहरूको घुँइचाे लाग्छ।

धरान गए मेयर हर्क साम्पाङले ढुङ्गा बोकाउँछन् भन्दै ट्रोल पनि खुब चल्यो। तर, पनि मेयर साम्पाङले सुरु गरेको श्रम अभियान महिनापुग्दासम्म निरन्तर चलिरहेको छ। उनका शुभेच्छुकहरू भेट्न खोलामै पुग्छन्, ढुङ्गा बोक्दै सेल्फी खिचेर पनि फर्कन्छन्। फेसबुकअत्यधिक चलाउने बेला बेला रुखो बोलीको कारण पदिय मर्यादामा नरहने भन्दै मेयर साम्पाङको कडा आलोचना पनि भइरहेको छ।

मेयर साम्पाङको श्रम अभियानमा सहभागी हुनेमा एक सेलिब्रेटी पनि थपिएका छन्। उनी हुन्, चर्चित गायक एकदेव लिम्बु। आँखामाआउने सपनी…, है…, तिम्रो मुटुमा…, गाजल टिकी…, क्या राम्रीलगायतका उनका गीतहरू पछिल्ला युवा पुस्ताले औधी मनपाएका छन्। तिनै चर्चित गायक एकदेव आज (शनिबार) भने दिनभर जसो नै मेयर साम्पाङसँगै ढुङ्गा बोकेर पकुवा खोलामा बिताए।

खासमा उनी हैबोलको गीतको दोस्रो भागको सुटिङ गर्न धरान आएका थिए। शुक्रबार नै काम सकिएपछि शनिबार श्रमदान गर्नपकुवा पुगेको उनले बताए।

मेयर हर्क साम्पाङले राम्रो काम गर्दै हुनुहुन्छ, अभियान पनि राम्रो , ’गायक लिम्बुले भने,‘सबैले उहाँको कामलाई तारिफ प्रोत्साहनगरिरहेको छ। यति धेरै मानिसहरू आउनु भएको , छक्क परे।

श्रमदानमा जोडिन पाउँदा खुसी व्यक्त गर्दै गायक लिम्बुले मेयर साम्पाङसँग धेरै चुनौती रहेको तर स्वीकार गरेर अघि बढेकोव्यक्तिकोरुपमा आफुले पाएको पनि बताए। उनले भने, ‘यति धेरै मानिसहरूले मेहनत गरिरहनु भएको , अब रिजल्ट हेर्न चाहन्छु।कसैको पनि मेहनत खेर नजाओस्।

गायक लिम्बु पनि श्रमदानमा आएकोमा खुसी व्यक्त गर्दै मेयर साम्पाङले आफ्नो उद्देश्य सबैले श्रम (काम) गर्नुपर्छ भन्ने रहेको बताए।श्रम गरे मात्र देशमा समृद्धि आउने पनि उनले दोहोराए। 

मलाई ढुङ्गा बोक्ने कुरा मात्र गर्छ भन्छन्, तर त्यो मेरो साङ्केतिक आह्वान हो। काम गर्नुपर्छ, श्रम गर्नुपर्छ भन्ने अभियान हो,’उनले भने।मेयर साम्पाङले कलाकारहरूलाई राज्यले चिन्नुपर्ने सहयोग पनि गर्नुपर्ने बताए।

पकुवा खोलाको मुहान क्षेत्रमा अहिले बाँध निर्माण भइरहेको भने पानी सुद्ध बनाउने फिल्टर पनि बनिरहेको छ। सोही ठाउँमा श्रमदानगर्न शनिबार सयौँ मानिसहरू पुगेका थिए। रावाखोला सेरोफेरो युके, किरात साम्पाङ राई जुम्लेखा युके रिदम फण्डस् युकेकोलगानीमा २० लाख रुपैयाँमा फिल्टर ड्याम निर्माण भइरहेको छ। मेयर साम्पाङ निर्वाचित भए पछि पकुवा खोलामा इन्टेक कलेक्सनच्याम्बर बनाएर पानी संकलन गरी धरान वडा ११ को क्षेत्रमा पुर्‍याइएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय