राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनका किसानलाई भेट्न जाने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फतकेही दिनमा भेट्न जाने बताएका हुन्।
तरकारीको मूल्य नपाएपछि शुक्रबार आन्दोलनमा उत्रिएका चितवनका किसानहरूको फोटो फेसबुकमा सेयर गर्दै लामिछानेले किसानहरुलाई केही दिनमा भेट्न आउने बताएका छन्।

‘प्रतिकेजी पाँच रुपैयाँमा पनि बिक्री नभएपछि सडकमै तरकारी फाल्नुपर्ने बाध्यतामा छन्, देशका किसान। देशका किसानले उत्पादनगरेको तरकारीको मूल्य छैन, बजार छैन। किसानले सुनाैलाे भविष्यकाे सपना बुन्दै उत्पादन गरेको तरकारी मूल्यहीन बनेर सडकमाफाल्नुपर्ने याे दर्दनाक अवस्थाको अन्त्य गर्न लागीपर्ने छौँ। समस्या थाहा छ, समाधान खोज्ने छौँ । प्रिय चितवन, केही दिनमा भेट्नआउँदै छु है,’ उनले फेसबुकमा लेखेका छन्।
शुक्रबार किसानहरुले नारायणगढ सडकमा तरकारी फालेर आन्दोलन गरेका थिए। किसानहरुले छ वटा ट्याक्टरमा ल्याएका टमाटर, काउली, बन्दा, फर्सि मेवा, केराउ लगायतका तरकारी सडकमा फालेका थिए।
