काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल र मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइलबीच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री दाहालले मलेसिया र नेपालबीचका द्विपक्षीय सम्बन्धलाई नयाँ परिवेशमा लैजान आवश्यकरहेको बताए ।

मलेसियाले कामदारको तलब १५ सय रिंगेट पुर्याएकोप्रति आभार ब्यक्त गर्दछु’, भेटमा सहभागी मलेसियाका लागि नेपाली राजदूतडिल्लीप्रसाद पौडेलले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘मलेसियाले कामदारको कल्याणकारी र सुरक्षाको क्षेत्रमा समयानुकूलनीतिहरु परिवर्तन गर्दै जानेमा विश्स्त छु ।’
प्रधानमन्त्री दाहालले सीपयुक्त कामदार विकासका लागि दुई देशबीच सहकार्यको आवश्यक भएको बताए । ‘मलेसियाले नेपालकोजलविद्युत्, हाइड्रोलगायत क्षेत्रमा लगानी गर्न आग्रह गर्छु’, उनले भने ।
भेटमा मलेसियाका गृहमन्त्री इजमाइलले नेपाली कामदारले मलेसियाको विकासमा योगदान पुर्याएको बताउँदै नेपाली कामदारमलेसियाको प्राथमिकतामा रहेको बताए । ‘नेपाली कामदारको योगदानप्रति हामी उच्च प्रशंसा गर्छौं’, इजमाइलले भने, ‘हाम्रो श्रमसँगअन्य क्षेत्रमा पनि नेपालसँग हातेमालो गर्न चाहन्छौं ।’
