राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली नागरिकता नलिएको भन्दै समाजवादी केन्द्र, नेपालका अध्यक्षयुवराज पौडेल (सफल)ले सर्वोच्चमा रिट निवेदन दिएका थिए। 

लामिछानेविरुद्धको नागरिकता मुद्दामा सर्वोच्च अदालतले माघ १२ गते गरेको फैसलाले उनको सांसदसँगै उपप्रधान तथा गृहमन्त्री, पार्टीसभापति संसदीय दलको नेताको पद पनि गुम्यो। रिट निवेदक सफलले लामिछाने उच्च ओहोदामा पुगेकै कारण आफू अदालतसम्मपुगेको बताएका छन्। 

नागरिकसँगको कुराकानीमा सफलले लामिछानेले नेपाली नागरिकता पुनः प्राप्त गरे पनि उनको अमेरिकी नागरिकताबारेको आशंकाअझै नहटेको बताए। 

१४ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नेपाली नागरिकता प्रमाणपत्र पुनः प्राप्त गरेका लामिछाने सोही दिन रास्वपाकोसभापतिको जिम्मेवारीमा फर्किए। पुनः कायम नेपाली नागरिकता प्रमाणपत्र पनि विवादमा परेको छ। 

राज्यशक्तिको दुरूपयोग गर्दै प्रक्रियाविपरीत नागरिकता प्रमाणपत्र पुनः प्राप्ति गरेको आरोप लामिछानेमाथि छ। लामिछानेले नेपालीनागरिकता पुनः प्राप्त गरे पनि उनको अमेरिकी नागरिकताबारेको आशंका हटेको छैन। 

लामिछानेको अमेरिकी नागरिकता सम्बन्धमा सरकारी निकायले अमेरिकी सरकारसँग मागेको जवाफ नआइसकेकाले शंका गर्ने ठाउँरहेको हो।उहाँ (लामिछाने) ले अझैसम्म अमेरिकी नागरिकता त्यागेरनत्यागेको विषयमा आधिकारिक प्रमाण आएको छैन,’ युवराजपौडेल (सफल) भन्छन्, ‘नेपाल सरकारका निकायले अमेरिकी सरकारसँग मागेको जवाफ नआइसक्दै विश्वास गरिहाल्नुपर्ने अवस्थाछैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय