राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भन्न लेख्न बाँकी भए भनीहाल्न आग्रह गरेका छन्।  

उनले सामाजिक सञ्जाल फेसबूकमार्फत भन्न लेख्न बाँकी भए भनिहाल्न आफ्नो  मौनता आज सम्मका लागि मात्रै भएको बताएकाहुन्।  

 

उनले लेखेका छन्, ‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी  केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरोमौनता आज सम्मका लागि मात्रै हो। अभिमन्यु होइन।

अहिले सामाजिक सञ्जालमा उनले यस अघि गरेको पोष्टहरु भाइरल गालीगलोज आएसँगै यस्तो लेखेका हुन्। 

नागरिकता सम्बन्धी विवादका कारण गत शुक्रबार रवि लामिछाने सांसद पद गुमाएका थिए। त्यससँगै उनी उपप्रधानमन्त्री एवम्गृहमन्त्रीको पदबाट पनि मुक्त भएका थिए। तर आइतबार उनले पुनः नागरिकता लिने प्रक्रिया पूरा गरेसँगै माघ १५ गतेनै राहदानी फिर्तागरेका थिए।  

उनी माथि विगतमा अमेरिकी नेपाली दुवै देशको राहदानी प्रयोग गरेको आरोप पनि लागेको थियो। नेपाली राहदानी लिँदा उनलेअमेरिकी राहदानी पनि प्रयोग गरेको आरोप थियो।  

सर्वोच्च अदालतको आदेश बमोजिम रविको नेपाली नागरिकता पुनः कायम भएको लामिछानेका सचिवालय प्रमुख दीपक बोहरालेबताएका थिए।

लामिछानेले नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता लिएका थिए। पछि अमेरिकी नागरिकता त्यागेपछि उनले पुनः नेपालीनागरिकता लिएका थिएनन्।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्चअदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो।

अदालतको फैसलापछि लामिछानेले शुक्रबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएकाथिए। गत मंसिर गतेको निर्वाचनमा उनी चितवन क्षेत्र नम्बर बाट निर्वाचित भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय