काठमाडौँप्रधानमन्त्री पुष्पकमल दाहालले अहिले नै राजनीतिक समीकरण नफेरिने बताएका छन् बिहीबार पार्टी स्थायी कमिटीबैठकपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीमा दाहालले सत्ता समीकरण फेरबदल नहुने बताएका हुन्

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्ने सम्भावनाबारे पत्रकारहरूले सोधेको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्रीदाहालले रास्वपाले समर्थन फिर्ता नलिने बताए दाहालले भने, ‘केही हुँदैन  रास्वपाले समर्थन फिर्ता पनि लिनुहुन्न मैले बुझेसम्म 

सभापति रवि लामिछानेलाई गृहमन्त्री नबनाएपछि सरकारलाई दिएको समर्थन के गर्ने भन्ने विषयमा रास्वपाको केन्द्रीय समिति संसदीय दलको बैठक बसुन्धरामा बसिररहेको   नागरिकता मुद्दामा सर्वोच्च अदालतले सांसद पद नै खारेज गरिदिएका सभापतिलामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिनुपर्ने रास्वपाको माग  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय