काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले जति धेरै जनतामा सूचनाको हक प्रत्याभूत गराइन्छ उति नै मुलुकमा सुशासन कायम हुनेबताएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार दिउँसो राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले यस्तोबताएका हुन् ।
यस अवसरमा प्रधानमन्त्री दाहालले आफू दोस्रो पटक प्रधानमन्त्री भएपछि सूचनाको हकबारे केही महत्त्वपूर्ण योगदान गरेको स्मरण पनिगरे ।

‘शासन प्रणालीमा जनताको नियन्त्रण निगरानी र हस्तक्षेप बढाउने कुरा सूचनाको हकसँग प्रत्यक्ष रुपले जोडिएको छ । जतिधेरै जनतासुसूचित हुन्छन् र पारदर्शिता अपनाइन्छ त्यति नै विकृति र विसंगति रोकथाम गर्न सकिन्छ,’ प्रधानमन्त्री दाहालले भने ।
यस्तै उनले जनताको सूचनाको हक स्थापित र प्रवर्द्धन गरेर नै समाजमा अव्यवस्था, अराजकता र अनुशासनहिनता हटाउन सकिने भन्दैत्यसतर्फ गम्भीर र जिम्मेवार हुनुपर्ने बताएका थिए । ‘जतिधेरै सूचना सम्प्रेषण गर्ने र सूचनाको हक जनतालाई दिलाउन सक्यो त्यतिधेरैसुशासन कायम हुन्छ र त्यसले एउटा देश विकासको वातावरण बन्छ, ’ दाहालले भने ।
