काठमाडौँसभामुख देवराज घिमिरेले चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिरवि लामिछानेको सांसद पद रिक्त भएको सूचना प्रतिनिधिसभालाई जानकारी गराएका छन्  

प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख घिमिरेले सर्वोच्च अदालतको संवैधानिक इजलासको उत्प्रेषणको आदेशले चितवन क्षेत्रनम्बर बाट उम्मेदवार बनेको, निर्वाचित भएको प्रमाणपत्र पाएको लगायतका काम बदर गरेको पत्र प्राप्त भएको जानकारी गराएकाथिए 

सर्वोच्चले माघ १५ गते प्रतिनिधिसभालाई रवि लामिछानेको पदसम्बन्धी मुद्दाको विषयमा भएको फैसलाको जानकारी गराएको थियो युवराज पौडेल तथा अधिवक्ता रविराज बसौला नानीबाबु खत्री रिट निवेदक रहेको निवेदनमा संवैधानिक इजलासले लामिछानेसांसदका लागि अयोग्य भएको फैसला गरेको थियो 

रवि लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत रुपमा नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पुरागरेको नदेखिएको हुँदा निजले प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुन वा सो पदमा निर्वाचित भई कायम रहन मिल्ने देखिएन  निजलेचितवन जिल्ला, निर्वाचन क्षेत्र नं. बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुन पाउने अवस्था नरहेकोमा उम्मेदबार भई निर्वाचितसमेत भएको देखिदा निज प्रत्यर्थी रवि लामिछानेलाई उम्मेदवार कायम गर्ने, निजलाई निर्वाचित घोषणा गर्ने, प्रमाणपत्र दिने लगायतकाकाम कारवाही नेपालको संविधानको धारा १३३ को उपधारा () () तथा धारा १३७ बमोजिम उत्प्रेषणको आदेशले बदर हुने ठहर्छभन्नेव्यहोरा सभामुख घिमिरेले वाचन गरेर सुनाएका थिए 

सर्वोच्चको आदेशसँगै लामिछानेको पद रिक्त भएपछि चितवन निर्वाचन क्षेत्र नम्बर मा उपनिर्वाचन गर्नुपर्ने हुन्छ 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय