काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले गृहमन्त्री रवि लामिछानेसँग सुकुम्बासी बस्ती हटाउन सहयोग मागेका छन्।
आज दिउँसो गृहमन्त्रालय पुगेर मेयर शाहले गृहमन्त्रीसँग सुकुम्बासी बस्ती हटाउन सहयोग मागेका हुन्।
गृहमन्त्रीका प्रेस संयोजक नवराज पाण्डेका अनुसार मेयर शाहले १२ मंसिरमा थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन जाँदा भएकोघटनाको विवरण गृहमन्त्रीसहित सुरक्षा निकायका उच्च अधिकारीलाई जानकारी गराएका थिए।

पाण्डेले भने, ‘उहाँहरु बिचको छलफलमा गृहमन्त्री ज्युले सुकुम्बासी बस्ती हटाउन सरकार तयार रहको बताउनु भएको छ। तरकानुनअनुसार महानगरले गर्नु पर्ने नियमहरु पालना गर्नु पर्ने बताउनु भएको छ।’
