सरकारले मंगलबार संघीय संसद भवन अगाडि आत्मदाह गर्ने प्रेमप्रसाद आचार्यले उठाएका विषयहरुको छानबिन गर्ने निर्णय गरेको छ।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले आत्मदाह गर्ने प्रेमप्रसाद आचार्यलेउठाएका विषयहरुको छानबिन गर्ने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेका आचार्यले उठाएका विषयहरुकोछानबिन गर्न गृह मन्त्रालयले नै तदारुकताका साथ लाग्ने निर्णय भएको बताए।
उनले मन्त्रालयले सत्यतथ्य बाहिर ल्याएर छानबिनपछिको निष्कर्षअनुसार आवश्यक कदम चाल्ने बताए। उनले आज नै छानबिनसम्बन्धी कार्य गृह मन्त्रालयको तदारुकतामा अघि बढाउने र मृतकले भनेका विषयहरुको छानबिनपछि आवश्यक कारबाही गर्ने निर्णयभएको बताए।
गृहमन्त्री लामिछानेले छानबिनको नतिजाका आधारमा गर्नुपर्ने कार्य सबै सरकारले गर्ने बताए।
