काठमाडौँबैंककमा जारी एएसबीसी एसियन यू२२ बक्सिङ च्याम्पियनसिपको महिला ४८ केजी तौल समूहमा नेपालकी सुष्मातामाङले बुधबार उज्वेकिस्तानकी फोजिलोना फरजोभासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछिन्

फाइनल पुग्दै इतिहास रचिसकेकी सुष्माले स्वर्ण पदकका लागि आफूले संयमतापूवर्क खेल्ने बताएकी छन् राष्ट्रिय खेलकुद परिषद्कासदस्यसचिव टंकलाल घिसिङले मंगलबार शुभकामना दिन गरिएको भिडियो लाइभमा सुष्माले भनिन्, ‘उज्वेकी प्रतिद्वन्द्वी पनि जस्तैडिफेन्सिभ एट्याकिङ खेल्छिन् मैले उनको खेल नियालेकी छु मैले अगाडि बढेर संयमतापूर्वक खेल्ने रणनीति बनाएकी छुसदस्यसचिव घिसिङले ऐतिहासिक रूपमा सुष्मा फाइनल पुगेकामा सिंगो देश आफू खुसी भएको बताए सुष्माले राष्ट्रलाई स्वर्ण दिलाउनेमाआफ्नो विश्वास रहेको सदस्यसचिवले सुनाए

 

सुष्मा सेमिफाइनलमा मंगोलिया क्वाटरफाइनलमा भियतनामी प्रतिद्वन्द्वीलाई हराएर फाइनल पुगेकी हुन् नेपाली बक्सिङ इतिहासमामहिला खेलाडी पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल पुगेको हो मंगलबार नेपालका विजय बाटा त्रिशा जबेगुच्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएका छन् उनीहरू कांस्य पदकमै सीमित भए

महिला ७५ केजी तौलमा त्रिशा काजकिस्तानी एरजन गुल्सायसँग पुरुष ८६ केजीमा विजय बाटा इन्डोनेसियाका मोसकितामाइकलसँग आरएसीको आधारमा पराजित भएका हुन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय