रविन्द्र ढुंगेल , ८ माघ , गोकर्णेश्वर : गोकर्णेश्वर नगरपालिका वडा नम्बर –६ को वडा प्रशासनिक भवनको उद्घाटन सम्पन्न भएको छ ।माघ ८, आइतबार सोनाम ल्होछार २८५९ को ऐतिहासिक दिनको सन्दर्भ पारेर नगर प्रमुख दिपक रिसाल तथा उप–प्रमुख सान्नानी लामाद्वारा नयाँ प्रशासनिक भवनको औपचारिक उद्घाटन भएको हो । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नवराज लामाको अध्यक्षतामा सम्पन्न उक्त भवन उद्घाटन कार्यक्रममा गोकर्णेश्वर नगरपालिका‘का सबै वडाका वडा अध्यक्षज्युहरु, शिक्षकप्रतिनिधिहरु, सुरक्षा निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
नगर प्रमुख दिपक रिसालको प्रमुख आतिथ्यता तथा उप–प्रमुख सान्नानी लामा तथा प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसादसापकोटाको विशेष आतिथ्यता भएको उक्त कार्यक्रमको संचालन वडा सदस्य बच्चुराम शर्मा कुइकेलले गर्नुभएको थियो । कार्यक्रममानगर प्रमुख दिपक रिसालले वडा कार्यालय निर्माण सम्पन्न गर्नुभएकोमा वडा अध्यक्ष लामालाई धन्यवाद समेत दिनुभयो । मन्तव्यकोक्रममा नगरप्रमुख रिसालले एक महीना भित्रमा नगरपालिकाको प्रशासनिक भवन निर्माणको कार्य पनि सुचारु हुने जानकारी दिनुभयो ।साथै अब गोकर्णेश्वर नगरपालिका‘का सम्पुर्ण वडाहरुको आफ्नै प्रशासनिक भवन हुनाले आर्थिक व्यवभार समेत कम हुने नगर प्रमुखरिसालको भनाइ रहेको छ ।

उप–प्रमुख सान्नानी लामाले सानो बजारलाई स्थानान्तरण गर्ने कार्य भइरहेको र उक्त बजारलाई स्थानान्तरण गर्नेबित्तिकै नगरपालिकाकोप्रशासनिक भवन निर्माणको कार्य सुरुवात हुनेकुरा व्यक्त गर्नुभयो । साथै उप–प्रमुख लामाले वडाका जनप्रतिनिधि तथा कर्मचारीहरुलाईशुभकामना दिनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका अध्यक्ष लामाले वडा भवन निर्माणमा धेरै मिहिनेत गरेको स्मरण गर्नुभयो । वडा नम्बर ६ का सम्पुर्णनागरिकहरुलाई धन्यवाद दिँदै वडा नम्बर ६ मा नै नगरपालिकाको प्रशासनिक भवन निर्माण हुनलागेकोले अन्य वडाको तुलनामा यसवडाका नागरिकहरु भाग्यमानी रहेको कुरा चित्रण गर्नुभयो । २ प्रतिशत कार्य अझै बाँकी रहेको र सम्पन्नताको चरणमा रहेको जानकारीदिँदै अध्यक्ष लामाले माघ ९ गतेदेखि नै केहि कार्यहरू नवनिर्मित भवनबाट सुरुवात हुने कुरा जानकारी दिनुभयो । फरक पार्टीको भएपनिकुनै पनि मतभिन्नता नरहेको र आपसी एकता रहेको कुरा अध्यक्ष लामाले व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा सदस्य मन्जु पुडासैनीले स्वागत मन्तव्य व्यक्त गर्नुभयो । नगर प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष नारायणसुवेदीले शुभकामना मन्तव्य दिनुभयो । कार्यक्रम गत शुक्रबार ६ गतेदेखि लगातार ८ गतेसम्म सञ्चालन भएको हो । विभिन्न धार्मिकतथा सांस्कृतिक परम्परा अनुसार पुजा गर्दै ल्होछारको दिन पारेर उद्घाटन भएको हो ।

