काठमाडौँगृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मी बेपत्ता प्रकरणमा न्याय गर्न नसक्ने अवस्था भए त्यसमा कुनै कैफियतदेखिए पदबाट राजीनामा दिने बताएका छन् कुर्मी अपहरण हत्या भएको आरोप लगाउँदै तेस्रो चरणमा काठमाडौंको माइतीघरमा १७दिनदेखि सडक संघर्षमा रहेका महिलाहरूलाई भेटेर गृहमन्त्री लामिछानेले मुद्दाको गहिरो अनुसन्धानका लागि समय दिन आग्रह गरे  

हामीले यो मुद्दामा काम गर्न सुरू गरेको दुई हप्तामात्रै हुँदैछ  अहिले काम गर्ने समय दिनुहोस्  यो टिमले फुलफेजमा काम गर्छ, यदियसले काम गर्न सकेन भने अर्को चरणमा जाने कुरा हुन्छ  त्यसपछि न्यायिक आयोग बनाउनुपर्छ कि सार्वजनिकरुपमा अघि बढाउनुपर्छ, या त्योभन्दा अझै माथि जानुपर्छ,’ गृहमन्त्री लामिछानेले अघि भने, ‘अझ त्यहाँ मेरो भूमिकामा कुनै कैफियत देखियो भने मैले गृहमन्त्रीबाटराजीनामा दिनुपर्ने हुन्छ, त्यहाँसम्म पनि जाउँला  तर पहिले एकपटक मलाई राम्रोसँग काम गर्न दिनुहोस्  यसअघि बिग्रिएको कामलाईसपार्ने समय दिनुहोस् 

मन्त्री लामिछानेले एकपटक आफूलाई विश्वास गर्न कठ्यांग्रिदो चिसोमा सडक संघर्ष नगरेर घर फर्किन आग्रह गरे मुद्दामा कुन ढंगलेअनुसन्धान अघि बढेको , हामीले त्यसलाई हेरिरहेको छौँ  अनुसन्धानमा यसअघि भएका कमजोरीहरूको अध्ययन गरेर त्यसलाई पनिसच्याउनुपर्नेछ  केस आफैँ जटिल   यसले धेरै समय लिँदाखेरि तपाईंहरूले दुःख पाउनुभएको   तपाईंहरूलाई बिन्ती गर्नआएको छु, तपाईंहरू यहाँ बस्नु नबस्नुले यसको अनुसन्धान प्रक्रियामा कुनै असर पर्दैन,’ मन्त्री लामिछानेले आन्दोलनरतमहिलाहरूलाई आन्दोलन स्थगित गर्न आग्रह गर्दै भनेका छन्, ‘ यो सरकारको गृहमन्त्री भएको हिसाबले ग्यारेन्टी कि तपाईंहरू यहाँबसे पनि, नबसे पनि यो मुद्दाको संवदेनशीलतालाई मैले बुझेको छु, कोही अपराधीलाई जो कोहीले पनि संरक्षण गरेको त्यसकोप्रमाण पाए भने संरक्षण गर्ने मान्छेलाई पनि कारबाही गर्छु  तपाईंहरू निर्धक्क हुनुहोला, तपाईंहरू घर जानुहोस्  बरू तपाईंहरूलाईपठाउने व्यवस्था के गर्नुपर्छ, गर्छु 

मन्त्री लामिछानले आफू कुर्मीको मुद्दालाई लिएर दबाबमा रहेको समेत बताए  यसै पनि दबाबमा छु, तपाईंहरू यो चिसोमाकठ्यांग्रिएर नबसिदिनुस्  यो विषय आफैंमा संवेदनशील   यसमा तपाईहरू अरु जोडबल चाहिँदैन  निर्धक्क भएर काम गर्छु,’ उनले भने, ‘तपाईंहरू यहाँ नबसे पनि न्याय पाउने कुरामा कुनै फरक पर्दैन, डटेर लागेको छु 

गृहमन्त्री लामिछानले पटक पटक विश्वास दिलाउन चाहे पनि आन्दोलनकारी महिलाहरू भने आश्वास्त हुन सकिरहेका थिएनन्  मन्त्रीलामिछानेले फेरि थपे, ‘तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु  तपाईंहरूले लालटिन बाल्नुभएको   सरकारले देखेन कि, बुझेन किभनेर बाल्नुभएको   हामी देशलाई नै उज्यालो बनाउन लागिपरेका छौँ 

उनले महिलाहरू घर नफर्किए आफू पनि छेऊमा बसेर आन्दोलनमा ऐक्यबद्धता जनाउने बताए  तपाईंहरू जस्तै आन्दोलनमासहभागी भएको मान्छे हुँ  अहिले गृहमन्त्रीको हैसियतले यो वचनबद्धता जनाइरहेको छु  मुद्दाले लिने समय दिनुहोस्  हैन भने भन्नुस्, पनि यही चिसोमा आएर बस्छु  तपाईंहरूलाई चिसोमा बसाएर मैले काम गर्न सक्दिनँ,’ उनले भने 

लामिछानेले पटकपटक आग्रह गरे पनि महिलाहरू भने माइतीघर छोड्न तयार छैनन् हामीलाई छिटो न्याय दिनुहोस्  हामी न्यायनपाएसम्म यहाँबाट जाँदैनौँ,’ आन्दोलनको नेतृत्व गरिरहेकी रुबी खानले भनिन् 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय