धनगढी (माघी) अर्थात मकर संक्रान्ति मकर संक्रान्तिलाई देशभर भव्यताका साथ मनाइने गरिन्छ थारु समुदायमा भने माघिसँगैनयाँ वर्ष पनि सुरु हुने गर्छ माघदेखि थारु संवत २६४६ सुरु हुँदैछ जसका लागि थारु समुदाय तयारीमा जुडेको माघि नयाँवर्षलाई धुमधामका साथ मनाउने थारु समुदाय मघौटा, धमार झुम्रा नाचमा रमाउने गर्छ

काम विशेषले घर बहिर रहेकाहरू पनि माघी नयाँ वर्ष मनाउन फर्कन थालेका छन् धनगढी का श्यामु चौधरीका अनुसार नयाँवर्षमा विशेष रुपमाजिता’ (बंगुर) को घरघरमा व्यवस्था हुने गर्दछ  ‘नयाँ वर्षलाई भव्य रुपमा स्वागत गर्न गाउँ वस्ती आसपासकानदीमा सरसफाई गर्ने गरिन्छ,’ चौधरीले भने, ‘थारु समुदायले थारु संवत २६४५ को भव्य बिदाई गर्ने २६४६ को स्वागतका लागिगाउँटोललाई सजाउन थालिएका छन्, अहिले गाउँघर रमाइलो लाग्न थालेको

नयाँ वर्षकै दिन थारु समुदायले भल्मन्सा, गुरुवाको चयन पनि गर्ने  चलन जसका लागि टोलटोलमा नयाँ गुरुवाको चियो चर्चा चल्नथालेको कैलारी गाउँपालिका का स्थानीय चन्द्र चौधरीले बताए गाउँमा जम्मा भएका युवा आपसमा रमाइलो गर्ने गर्दछन्,’ उनलेभने, ‘यो समुदायको मौलिक संस्कृति भेषभूषाको आफ्नै विशेषता जसमा हामीहरू रमाउने गर्दछौं ’ 

पर्वको तयारीका लागि खाद्यान्नहरूको जोहो गर्ने, दुनाटपरी गाँस्ने, जङ्गल गई दाउरा सङ्कलन गर्ने, तोरीको खाने तेल पेल्ने, घरलितपोत तथा आँगन सरसफाइ लगायतका कामहरू लगभग सकिएका छन् अब रमाइलो गर्ने मात्रै हो,’ चौधरीले भने, ‘तयारी सबैसकिएको , नयाँ वर्ष माघीमा रमाइलो गर्दै खुशीयाली मात्रै बाँड्न बाँकी हो, त्यो दिनको पर्खाइ हो, अबत माघीमा विशेषगरीबङ्गुरको मासु, माछा, घोंगी, गङ्गेटालगायत खानाका परिकारहरु खाने चलन रहिआएको

यो पर्वसँगै नयाँ वर्ष शुभारम्भ हुने भएकाले आफ्ना परिवारका लागि नयाँ नयाँ लत्ताकपडाको पनि उचित जोहो गरेको उनले बताए रोजगारीका लागि विदेसिएकाहरू पर्व मनाउन घर फर्किसकेका छन् भने कोही फर्कने क्रममा छन्   माघीमा पाहुना धेरै जम्मा हुनेभएकाले जाँडरक्सी, ढिक्री, रोटीलगायत खानाका परिकार तयार गर्न समुदायका युवतीहरू व्यवस्त हुने गर्छन् थारू समुदायको मुख्यपर्व भएकाले तामझाँमका साथ मनाउने तयारी भइरहेको गाउँका अगुवा चेतराम चौधरीले बताए  

पुसको अन्तिम दिनलाई थारु समुदायले पुरानो वर्षको अन्तिम दिनका रुपमा मनाउने गर्छन् पुरानो वर्षको विदाई स्वरुप पुषको अन्तिमदिन (जिता) बंगुर मार्ने प्रचलन रहेको थारु अगुवा माघव चौधरीले बताए  ‘जिताको प्रसादसँगै रातभर जाग्रम बस्दै मघौटा नाचप्रदर्शनी गरिन्छ यो नाच दाङबाट कैलाली बसाई सरेका समुदायले नाच्ने गरेको उनले बताए तर, अन्यत्रबाट आएका थारु समुदायलेभने धमार, झुमा नाच पनि नाच्ने गर्दछन्  

माघे संक्रान्तिका दिन विशेषगरी थारू समुदायमा बिहानै उठेर नजिकैको नदी, तलाउमा नुहाइ आफूभन्दा ठूलाबाट आशीर्वाद लिने चलन चौधरीका अनुसार विशेष स्नानपछि विवाहित छोरी चेलीलाई (निश्राउ) चामल, नुन, तेल, बेसारलगायतका खाद्यान्नबाट तयारपारिएको परिकार दिने परम्परा जसलाई थारु भाषामाउपहारभनिन्छ
थारू समुदायमा यो पर्वमा विषेशगरी अण्डी चामलको भातरोटी, ढिक्री, बरिया, घोंगी, सुँगुरको मासु, माछा, गङ्गोटा लगायतकास्थानीय खानाका परिकारलाई महत्व दिने गर्दछन् थारू समुदायका विभिन्न लोकसंस्कृति झल्किने एकल तथा सामुहिक नाचगान गरीरमाइलो गर्ने गरिन्छ  

यो प्रक्रिया माघ महिनाभर चन्ले भएपनि पछिल्लो समय भने एक÷दुई दिनमा सीमित हुन थालेको कामको शिलशिलामा युवाहरुलेगाउँ छोड्नुपर्ने बाध्यताका करण यो पर्व दुई चार दिनमै सीमित हुने गरेको कैलारी गाउँपालिका का चन्द्रबहादुर चौधरीले बताए

भलमन्सा, गुरुवा चुनिने
नयाँ बर्ष माघी पर्वलाई विशेष रुपमा मनाएको दोश्रो दिन अर्थात माघमा गाउँगाउँमा माघी दिवानी (विशेष छलफल) गरिन्छ त्यसदिन छलफलका माध्यामबाट थारु समुदायमा नयाँ नेतृत्व चयन गर्ने परम्परा जसलाई भलमन्सा भनिन्छ नयाँ वर्षपछि गाउँमागुरुवाको पनि चयन गर्ने गरिन्छ उनीहरूले गाउँको रक्षा गर्ने, अप्ठारो परिस्थितीमा उचित निर्णय दिने, न्याय दिने लगायतका काम गर्नेगर्दछन्

भल्मन्सालाई नेता (गाउँको अगुवा) का रुमा लिइन्छ भने गुरुवालाई पूजारीका रुपमा लिइन्छ यतिमात्र हैन राजनीतिमा पनि उनीहरूकोमहत्वपूर्ण भूमिका हुन्छ    निर्वाचनका क्रममा थारु समुदायका भल्मन्सा गुरुवाहरूले दिने निर्णय बढी आधिकारिक हुने भएका कारणसवैले गुरुवा भल्मन्सालाई विशेष रुपमा हेर्ने गरेका हुन्छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय