२९ पुस, काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडक निर्माणको काम पूरा नगरी अलपत्रपारेका जो कोहीलाई सरकारले कारबाही गर्ने बताएका छन् । जनतालाई भत्किएको र खाल्डो परेको सडक दिने छुट सरकारलाई अबनरहेको भन्दै उनले घरबेटी वा दाजुभाइको नाममा कसैले उन्मुक्ति नपाउने बताए ।
शुक्रबार काठमाडौंको सोह्रखुट्टे, पानीपोखरी र नयाँ बजार क्षेत्रका सडक अनुगमन गर्ने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कसैकोदबाब र प्रभावमा नपरी जनताका समस्या समाधान गर्ने बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै घरबेटीले धेरै सडकहरुको बिचल्ली बनाएका छन्, उहाँलाई कारबाही गर्न सक्नुहुन्छ ? भन्नेसञ्चारकर्मीको प्रश्नमा उनले प्रधानमन्त्रीले नराम्रो गर्ने जोकोहीलाई कारबाही गर्न निर्देशन दिएको बताए । उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘मकोही घरबेटी, मित्र, कोही दाजुभाइसँग सम्बन्धित भएर काम गर्दिनँ । निरपेक्ष ढंगले काम गर्छुु । जो कोहीलाई पनि कारबाही गर्नुस्भन्नुभएको छ । त्यो प्रधानमन्त्रीको निर्देशन छ, त्यससँग प्रधानमन्त्रीलाई नजोडि दिनुहोला ।’ राज्यले जनतालाई दिनुपर्ने सुविधा रविकासलाई कमजोर पार्ने कुरामा कसैसँग पनि सम्झौता नगर्ने उनले बताए ।
