काठमाडौँ — प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले सरकारले कृषि मल तत्कालै उपलब्ध गराउनु पर्ने बताएका छन् । किसानका लागिअहिले मल उपलब्ध गराउनु ठूलो राहत हुने उनको भनाइ थियो ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा स्वतन्त्र सांसद मण्डलले यस्तो प्रतिक्रिया दिएका हुन् । यस्तै उनले राज्यमा नीतिगतरुपमाभ्रष्टाचार हुने गरेको भन्दै यसलाई रोक्नुपर्ने भन्दै सरकारलाई सुझाव दिएका छन् । सरकारी अधिकारीहरूले नीतिगत रुपमा नै भ्रष्टाचारगर्ने गरेको विषयमा आफू पनि जानकार रहेको भन्दै उनले यसबारे नीतिगत रुपमा नै रोक्नुपर्ने सुझाव दिएका थिए ।
