आगामी फेब्रुअरी २०२३ मा रुसयुक्रेन युद्धको एक वर्ष पूरा हुनेछ तर प्रश्न यो कि यस पछि अब के हुन्छ ? वा केहि समाधानबाटयुद्ध समाप्त हुन्छ ? वा २०२२ मा भन्दा बढी घातक विनाशकारी युद्ध सुरु हुनेछ ? यो वर्षको शुरुवातसँगै सबैको मनमा उब्जिएका प्रश्नहुन् बीबीसी रेडियो कार्यक्रममा यसका अन्तर्राष्ट्रिय सम्पादक जेरेमी बोवेन बीबीसीका रुसी सम्पादक स्टिभ रोजेनबर्गले त्यस्तापाँचवटा प्रश्नको जवाफ दिएका छन् महिनौंको भयंकर लडाईं, भयावह हताहती दुवै पक्षमा विनाशकारी हानि पछि, रूसी राष्ट्रपतिभ्लादिमिर पुटिन लडाइँबाट थकित हुन सक्छन्, वा पछि हट्न चाहन्छन् भन्ने कुनै संकेतहरू छन् ?

स्टिव रोजेनबर्ग – ‘होइन, थाकेको वा बोर मानेको जस्तो कुनै संकेत छैन वास्तवमा, पुटिनले नयाँ वर्षको पूर्व सन्ध्यामा आफ्नो वार्षिकभाषणमा के भनेका थिए यसले स्पष्ट रूपमा देखाउँदछ कि युद्धको बारेमा उनको दिमागमा के सन् २०२३ मा रुसलाई कहाँ लिएरजान चाहन्छन्

रुसी राष्ट्रपतिले आफ्नो भाषणमा भनेका कुरालाई छोड्दा त्यस दिनका तस्बिरले धेरै कुरा बताउँछ यसअघि पुटिन नयाँ वर्षकोभाषणमा एक्लै हुन्थे तर यसपटक मञ्चमा निकै गम्भीर मुद्रामा, सैन्य पोशाकमा महिलापुरुषबीच घेरिएको देखिए

यो तस्बिर पुटिनको सन्देश दिन पर्याप्त थियो ुयो २०२३ को रूस हो, तपाईंको आफ्नै देश यसको सार्वभौमसत्ताको लागि लडिरहेको

यद्यपि पुटिनले यसलाई आफ्नो तर्फबाट युद्ध भनेका छैनन् युक्रेनमाथि जीत हासिल गर्नका लागि पूरा देश लागिपरेको  

यो अभियानमा उनले हरेक नागरिकको साथ मात्रै नभई सबैभन्दा ठूलो बलिदानका लागि पनि जनता तयार रहुन् भन्ने चाहन्छन् यसमाकुनै बहस नहोस्, कुनै चर्चा नहोस्, बस आफ्नो देशको झण्डा बोकेर नेताको साथमा डटेर लागिरहोस्

यो सबै त्यो दिनको तस्बिरबाट सबै प्रष्ट हुन्छ बाँकी त्यस दिन जे भनियो त्यसलाई एउटा लाइनमा बुझ्न सकिन्छयदि उताबाट झुक्नेसंकेत छैन भने हाम्रो तर्फबाट पनि सम्झौताको कुनै इशारा छैन यस द्वन्द्वबाट बाहिर निस्कनेकुरा गर्नु हुँदैन

पुटिनको आजको मनोवृत्ति यस्तै भने त्यसका दुईवटा कारण हुन सक्छन् पहिलो, यो हो कि उनलाई यो युद्ध जित्न सकिन्छ भन्नेपूर्ण विश्वास दोस्रो कारण के हो भने, पुटिनले आफू युद्धमा यति गहिरोसँग लागिसकेका छन् कि अब त्यहाँबाट बाहिर निस्कनसजिलो छैन भन्ने बुझेका छन् त्यसैले उनीसँग आफैँलाई नियाल्नेबाहेक अरु कुनै विकल्प छैन

युक्रेनको अडान कस्तो होला, युद्धको मोर्चामा जसरी उनीहरु डटिरहेका छन्, पछि पनि त्यसरी नै डटिरहने छन् ?

जेरेमी बोवेन – ‘युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले क्राइमियासहित रसियासँग गुमाएको सबै भूमि फिर्ता लिने कुरा गरिरहेकाछन् क्राइमिया युक्रेनको सबैभन्दा ठूलो प्रान्त हो, जसमाथि रूसले २०१४ मा कब्जा गरेको थियो

अहिलेसम्म जेलेन्स्कीले आफूलाई यस दिशामा उत्कृष्टयुद्ध नेतासाबित गरिसकेका छन् तर आगामी दिनमा उनले सैन्य रूपमा कतिहासिल गर्छन् त्यो नेटोको समर्थनमा भर पर्छ खासगरी अमेरिकाबाट, जसले दिएकोहिमार्स मिसाइल सिस्टमले रुसलाई ठूलो क्षतिपु¥याएको

तर अमेरिकी राष्ट्रपति जो बाइडेनले वासिङ्टनमा जसरी बयान दिए, त्यसले अमेरिकाको सतर्क रणनीतिको स्पष्ट सङ्केत दिन्छ

बाइडेनले भनेको कुराको अर्थ यस्तो थियो‘ुयुक्रेनलाई हार्न दिनु हुँदैन, हामीले जित्न पनि मद्दत गर्नुपर्छ तर रूसलाई त्यति धेरैकिनारा गर्नु हुँदैन, ताकि आणविक खतराको कुरा सत्य होस्

अब युक्रेनले पनि आफ्नो हराएको भूमि फिर्ता लिन चाहने हो भने पहिलेभन्दा धेरै शक्तिशाली हमला गर्नुपर्ने कुरा थाहा पाएको पछिल्लो पटक जब युक्रेनमा थिएँ तब खेरसानबाट रुसी सैनिक फिर्ता जाने बेला मैले जति पनि युक्रेनी कमान्डर्ससँग कुराकानी गरेँ, उनीहरुको यही भनाई थियो – ‘हामी जुन उद्देश्यसहित युद्ध जित्न चाहन्छौँ, त्यसका लागि हामीलाई थप आधुनिक ट्याङ्क चाहिन्छ, एडभान्स एयरक्राफ्ट चाहिन्छ तर हामीले यी सबै कुराहरु पाइरहेका छैनौँ

के युक्रेनलाई दिइने वैदेशिक सहायतामा कमी आउने ?

स्टिव रोजेनबर्गमलाई लाग्छ यो पुटिनको अनुमान हो, किनकि गत फेब्रुअरी २४ देखि जुन घटनाक्रमहरु भइरहेका छन्, त्यो आफ्नैपक्षमा जस्तो उनलाई लाग्छ मेरो विचारमा, पुटिनलाई यस्तो लागिरहेको कि यो युद्धबाट दिक्क भएर केही दिनमा पश्चिमीदेशहरूले युक्रेनलाई समर्थन गर्न बन्द गर्नेछन्

रसियामा सेनाले नयाँ ब्यारिकेड स्थापना गर्नेबारे धेरै चर्चा हल्ला चलिरहेको यो पनि कि जाडो समाप्त हुने बित्तिकै, रूसी सेनालेयुक्रेनमा फेरि आक्रमण गर्नेछ रुसी सेनाका अधिकारीहरूले युद्धमा रूसको जितको बारेमा निरन्तर कुरा गरिरहेका छन्

जेरेमी बोवेन – ‘गत नोभेम्बरको सुरुमा, अमेरिकी सेनाका जोइन्ट चिफ अफ स्टाफ मार्क मिले जस्ता अधिकारीले क्राइमियालाईरूसबाट फिर्ता लिन धेरै गाह्रो भनेका थिए  यद्यपि, उनलेमलाई लाग्छजस्तो शब्द जोडे पछि यसबाट पछि पनि हटे, तर उनलेयसो भनेको साँचो हो

पुटिनलाई आफ्नै देशमा कत्तिको समर्थन ?

स्टिव रोजेनबर्ग – ‘यदि हामीले वास्तविकतालाई हेर्यौँ भने, यसमा युद्धको बारेमा क्रेमलिनको प्रचार बीच कुनै मेल छैन

एकातिर, नयाँ वर्षमा आफ्नो भाषणमा, उनले युक्रेनमाथिको जितबाट पछि नहट्ने घोषणा गरेका छन् यसको केही मिनेट पछि, माकिभाकामा रूसी सेनाको ब्यारेकमा ठूलो युक्रेनी रकेट आक्रमणको समाचार आउँछ

यसै डिसकनेक्ट (क्रेमलिनको सन्देश वास्तविकता बीचको भिन्नता) बारे कुरा गर्न चाहन्छु जस्तै कि हामीले विगत एक वर्षदेखिहेर्दै आएका छौं, जमिनमा के भइरहेको के भनिएको

क्रेमलिनले त्यस्ता सन्देशहरू धेरै सावधानीपूर्वक तयार पारेको , जसलाई रुसी राज्य सञ्चार माध्यमबाट बिहानदेखि बेलुकासम्मप्रचार प्रसारण गरिन्छन् यी सन्देशहरूले रूसलाई पीडितको रूपमा चित्रण गर्दछ युक्रेन यसका सहयोगीहरूलाई युद्धमाआक्रमणकारीको रूपमा चित्रण गर्दछ

के रुस युक्रेन वार्ताका लागि तयार हुनेछन् ?

जेरेमी बोवेन – ‘के अहिले वार्ताको लागि कुनै मैदान खुला जस्तो देखिन्छ ? मलाई त्यस्तो लाग्दैन किनभने पुटिनले सोच्छन् कि उनलेयुद्ध जित्नेछन् वा यसलाई लामो, लामो समयसम्म यसरी नै तानिरहन्छन्

युक्रेनले सोच्दछ कि एक दिन उनीहरूले जित्नेछन् दोस्रो, यति धेरै जीवन बलिदान दिएपछि, यति विनाश भोगेपछि, तिनीहरू कुनैपनि सम्झौता गर्न तयार छैनन् जसमा उनीहरूको हितको ख्याल छैन

राष्ट्रपति जेलेन्स्कीको मनोवृत्तिमा आएको परिवर्तनमा यसको संकेत देख्न सकिन्छ गत मार्चमा जब रुसले राजधानी किभमा भारीआक्रमण गर्न थाल्यो, जेलेन्स्कीले भनिरहेका थिए किजीवन बढी महत्त्वपूर्ण जमिनको कुनै टुक्राभन्दा पनि बढी तर अब उनलेभनिरहेका छन्, ‘मलाई आफ्नो जमिनको एक एक इन्च फिर्ता चाहिन्छ यदि रुस कुराकानी गर्न चाहन्छ भने सबैभन्दा पहिला हाम्रोजमिन उनीहरुले छोड्नुपर्छ ’ 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय