निर्वाचन प्रभावित पार्ने किसिमले भक्तपुरको पाण्डुबजार, गुण्डु, कौशलटार, बालकोट, सुर्यविनायक, गणेशथान लगायतका बाटोमा टाँगिएका नेपाली कांग्रेसका झण्डा तथा व्यानरहरु झिक्न प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अटेर गरेपछि आक्रोश सुरु भएको छ । आसन्न आम निर्वाचनलाई मर्यादित, भयरहित र निष्पक्ष ढंगले सञ्चालन गर्नु र गराउनु राष्ट्रसेवक कर्मचारी तथा सुरक्षा निकायको दायित्व हो, त्यसको लागि निर्वाचन आयोगद्वारा जारी आचारसंहिताको पालना गर्नु सबैको अनिवार्य शर्त हो ।
देश निर्वाचनमय भएको छ । मंसिर ४ गतेको तयारीमा सत्तारूढ गठबन्धनको विरुद्धमा नेकपा एमाले जनताको मैदानमा भिड्न उत्रिसकेका छन् । राष्ट्रिय राजनीतिको केन्द्र मानिने भक्तपुरमा सत्तारुढ गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले हारको मानसिकताबाट ग्रस्त भएर अमर्यादित गतिविधि गरिरहेको नेकपा एमालेको दाबी रहेको छ । नेकपा (एमाले) भक्तपुर जिल्ला अध्यक्ष लगायतले पटकपटक प्रमुख जिल्ला अधिकारीलाई चुनावी प्रचार सामग्री झण्डा तथा व्यानर सार्वजनिक स्थलमा नराख्न र त्यसलाई हटाउन आग्रह गर्दा पनि अटेर गरेको नेकपा (एमाले) भक्तपुरले आरोप लगाएको छ ।


