भाद्र – १८-०७९, काठमाडौं : ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) द्वारा सक्रिय पत्रकार एवम् राष्ट्रिय आर्थिक मासिकका प्रधानसम्पादक पुष्कर बस्नेत सम्मानित भएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा करिब दुइ दशकको पत्रकारिताको दौरानमा नेपालमा पर्यटन मार्फत राष्ट्रिय समृद्धिको मार्गचित्र कोर्न सफल बस्नेतलाई उक्त संगठनद्वारा सम्मान गरिएको हो ।

फोटो : ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) द्वारा सक्रिय पत्रकार एवम् राष्ट्रिय आर्थिक मासिकका प्रधानसम्पादक पुष्कर बस्नेत सम्मानित हुँदै गर्दा ।

पर्यटन क्षेत्रमा रहेका चुनौती, सम्भावना र सरकारले चाल्नुपर्ने रणनीतिबारे निरन्तर कलम चलाइरहेका बस्नेत करिब २० बर्षभन्दा बढी समयदेखि सक्रिय पत्रकारिता गरिरहेका छन् । दोलखाको उत्तरी गौरीशंकर घर भएका पत्रकार बस्नेत नेपालका चर्चित सिमित पत्रकारमध्य पर्छन् । अत्यन्तै गहन जटिल विषयमा पनि सरल शैलीमा कलम चलाउने कुशाग्र बुद्धि भएका पत्रकार पुष्कर बस्नेत अथक मिहिनेत, इमानदारीता र संघर्षबाट स्थापित भएको नाम हो ।
सामाजिक कार्यहरुमा पनि क्रियाशिल बस्नेत दिन: दुखी, अनाथ एवम् अपांगता भएकाहरुको लागि निरन्तर सहयोग गरिरहन्छन् । संसदको ठुलो दल नेकपा ( एमाले ) को बागमती प्रदेश सम्पर्क कमिटी अन्तर्गत प्रचारप्रसार विभाग उप-प्रमुख रहेका बस्नेत, प्रेस चौतारी नेपालको केन्द्रिय सदस्य तथा निलबाराही टोल सुधार समाजको अध्यक्ष समेत हुन् । राष्ट्रिय आर्थिक ( मासिक ) का प्रधानसम्पादक / प्रकाशक रहेका बस्नेतको नेतृत्वले हालसालै नेकपा (एमाले)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओलीको उपस्तिथिमा पत्रिकाको १२ औं वार्षिकोत्सब मनायो । आर्थिक पत्रकारिता जगतमा अलग र विशिष्ट पहिचान बनाउन सफल बस्नेत जस्ता पत्रकारले नेपाली पत्रकारिताको उचाइ थप बढाउने कुरामा दुई मत छैन । वरिष्ठ पत्रकार बस्नेतलाई हार्दिक शुभकामना !
