२०१३ सालमा स्थापना भएको नेपालकै पहिलो विज्ञान क्याम्पस अमृत साइन्स क्याम्पस, यतिबेला बेहाल अवस्थामा छ । अनेरास्ववियु अस्कल क्याम्पस कमिटी अध्यक्ष रुद्रहरि पोखरेललाई र अनेरास्ववियु केन्द्रीय सदस्य कमल जोसिलाई झुठो मुद्दा लगाएर दुख दिएको र नियमित काम गर्ने सहायक क्याम्पस प्रमुखलाई विभिन्न आरोप सहित स्पस्टिकरण सोधेर दुख दिएको भन्दै अनेरास्ववियु अस्कल क्याम्पस कमिटीले चेतावनी सहितको विज्ञप्ती जारी गरेको छ । जसमा यसो भनिएको छ :
अनेरास्ववियु अमृत क्याम्पस राष्ट्रियता, गणतन्त्र, सामाजिक न्याय, समानता, विद्यार्थी हकहित , अधिकार प्राप्तिको लागि र क्याम्पसको उज्जवल शैक्षिक भविष्य निमाणको निम्ति सदैव क्रियासील शैक्षिक संगठन हो । अस्कल क्याम्पसलाई शैक्षिक र विद्यार्थी मैत्री उत्कृष्ट प्राज्ञिक स्थानको रूपमा स्थापित गराउन निरन्तर लागिपर्ने सङगठनको लोकप्रियता देखि आतिएर नेतृत्व माथी राजनितीक पुर्वाग्राही ढ्ंङले क्याम्पस प्रमुखले झुट्टा मुद्दा दिएर दुःख दिएको कुरा सर्वविदित नै छ ।
यसै सन्दर्भमा मिति २०७९/०४/०९ गते यस क्याम्पसका सहायक क्याम्पस प्रमुख श्री रविन्द्र सिंह महत प्रति क्याम्पस प्रमुख लोक बहादुर बरालले व्यक्तिगत प्रतिशोध राख्दै विभिन्न बहानामा स्पष्टिकरण सोध्ने विषय एकदमै निन्दनीय छ । केहि समय अगाडि देखि स्यमं क्याम्पस प्रमुखले विभिन्न राष्ट्रिय मिडियाहरू भाडामा लिएर अनेरास्ववियु र अस्कल क्याम्पसको गरिमामय इतिहास प्रति आच आउने कुराहरू मिडियाबाजी गर्दै क्याम्पसको गरिमा विश्वासनियता र स्वयं क्याम्पस प्रमुखको पदिय हैसियत प्रति प्रश्न चिन्ह खडा भएको छ । क्याम्पसका समस्याहरू र समस्या गराइराख्ने तत्वहरूको पर्दापास गरेर सबैसामु समस्या समाधान गर्न पुर्याइरहदा आफ्नो कमि कमजोरी स्वीकार गर्दै अगाडी बढ्नु को सट्टा कहिले विद्यार्थी संगठन सँग राजनितीक प्रतिस्पर्दा गर्न अनावश्यक मिडियावाजि गर्दै भ्रम फैल्याउने त कहिले स .क्याम्पस प्रमुख माथि स्पष्टिकरण सोध्ने जस्ता कार्यले विद्यार्थीहरूको नियमित कार्य मा बाधा पुग्ने भएकोले यस्ता कार्य प्रति अनेरास्ववियु अस्कल क्याम्पस कमिटीको गम्भिर ध्यानाकर्षण भएको कुरा यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ । साथै क्याम्पसमा निरन्तर खट्ने प्राध्यापक , कर्मचारीहरु प्रती सम्मान व्यक्त गर्दै गैर जिम्मेवार असक्षम क्याम्पस प्रमुखले स्वयं आफ्ना कमि कमजोरी सहित क्षमा याचना , आत्मसमिक्षा नगरे क्याम्पस प्रमुखको विद्यार्थी सामु स्पष्टिकरण सहित चरणवद्ध रूपमा आन्दोलनमा उत्रने चेतावनी दिन चहान्छौं ।
हार्दिक अभिवादन सहित!
रुद्रहरि पोखरेल
अध्यक्ष
