जन्मदिन हरेक व्यक्तिको लागि एउटा ऐतिहासिक दिन हो । जन्मदिनले कुनै पनि व्यक्तिलाई आफ्नो धरातलीय यथार्थको दृष्टिबोध गराउँछ तेति मात्र होइन जन्मदिनको दिन प्राप्त हुने शुभ आशीर्वाद र शुभकामनाहरुले जीवनको नयाँ उचाइमा पुग्न थप उत्प्रेरित गर्दछ । आज नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सहायक संगठन ( भातृ संगठन ) वाइसीएल नेपालको केन्द्रीय युवा नेता ज्ञान बहादुर ढुङ्गाना (सुवित) को जन्मदिन । सुवित एक यस्ता नेता हुन् जो हरेक वर्गका दु:ख र वेदनासँग जोडिएका छन् । ढुंगाना नेपाली कम्युनिस्ट विद्यार्थी आन्दोलनका वैचारिक र उत्प्रेरक युवा नेता हुन् । उनैको नेतृत्वमा नै नेपाली युवा विद्यार्थीहरु नवीन चेतना र प्रगतिशील, निश्वार्थ एवं सैद्धान्तिक राजनीतिको स्थापनाका निमित्त क्रियाशिल छन् । संसद र संविधानको रक्षाको निम्ति सडक संघर्ष गर्दा होस् वा भ्रष्टाचारको चर्को विरोधमा प्रहरीको दमनमा पर्दा होस् र सामाजिक कार्य गर्नमा पनि सुवित अग्र स्थानमा देखिन्छन् । करिब चार दशक पहिले दोलखाको एक मध्यम वर्गीय परिवारमा जन्मिएका सुवितलाई पनि माओलाई झैँ सानैदेखि किसान र मजदुरका पीर मर्काले सताइरहन्थ्यो र यसबारे छुट्कारा पाउने र यसको दिगो समाधान कसरी गर्ने भन्ने सम्बन्धमा सुवित सोचविचार गर्दथे र गरिरहेका भेटिन्छन् । आजभोलि पाश्चात्य संस्कारको सिको गर्दै प्राय: आफ्नो जन्मदिन, बिबाह, बैबाहिक बर्षगाँठ, अन्नप्रासन, चुडाकर्म/उपनयन जस्ता कार्यहरु होटल, क्याफे, रेष्टुरेन्ट, रिसोर्ट, पार्टी प्यालेसमा विभिन्न परिकार र पेय पदार्थ खानपिन गरि चर्को आवाजको गीत संगीतमा राती अवेरसम्म झुम्दै मनाउने ‘चलन’ लाई चुनौती दिदै आज काठमाडौंका एक युवा नेताले आफ्नो जन्म दिन फरक ढंगले मनाउनु भएको छ।

नेता सुवितले भने आफ्नो जन्मदिन काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नं – ८, गोल्फुटार स्थित दिव्य सेवा निकेतन नामक वृद्धा आश्रमका आमाहरुसँग मनाउनु भएको हो । उहाँले आश्रममा रहनुभएका आमाहरुसँग खुसी बाड्दै आगामी दिनमा आफ्नो घर परिवारका हरेक शुभ कार्यहरू यहि आश्रममा आएर आमाहरुसँगै मनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। हाम्रै मौलिक संस्कार र संस्कृतियुक्त समाज निर्माणमा आफूले यस्तै स-साना काम गरि सबैलाइ प्रेरणा दिने जानकारी गराउँदै आश्रमको संचालक प्रविण दिदी तथा आमाहरुसङ्ग आशीर्वाद लिदै उक्त आश्रमलाई हर प्रकारले आफुले सकेको सहयोग गर्ने पनि वचन दिनुभयो। आफ्नो परिबार समेत आश्रम पुग्नुभएको नेतासँगै वाइसीएल नेपालका संयोजक सुमन देबकोटा, वाइसीएलका नेता ज्ञानेन्द्रा बहादुर गुरुङ्ग (सपरिबार), अरुण कुमार क्षेत्री , कुमार खरेल लगायतका ब्यक्तिहरु पनि सहभागी हुनुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय