गठबन्धन सरकारद्वारा पेट्रोलियम पदार्थ तथा अन्य अत्यावश्यक खाद्य पदार्थमा भएको मुल्य वृद्धिको विरोधमा दोलखाको सदरमुकाम चरिकोटमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) निकट भातृसंगठन अनेरास्ववियु, राष्ट्रिय युवा संघ नेपाल तथा जिफन्टले संयुक्त रूपमा विरोध जनाएका छन् ।
आम नागरिकहरुको ढाड सेक्ने किसिमले सरकारले मुल्य वृद्धि गरेको भन्दै युवा तथा विद्यार्थी नेताहरु मसाल जुलुसमा उत्रिएका हुन् । उनीहरुले प्रधानमन्त्री देउवाको पुत्ला समेत जलाएका छन् । मुल्य वृद्धि फिर्ता नभए कडा संघर्ष गर्ने उद्घोष गर्दै सरकारलाई सचेत गराएका छन् ।
