राष्ट्रिय युवा परिषदको साझेदारी तथा यूथ भिजन फर सस्टेनेबल डेभलपमेन्टको आयोजनामा शैलुङ गाउँपालिका वडा नम्बर – ४, दोलखामा निशुल्क आधारभूत / एडभान्स कम्प्युटर तालिमको आज एक कार्यक्रमका बीच औपचारिक उद्घाटन भएको छ । शैलुङ गाउँपालिका वडा नम्बर – ४ का वडा अध्यक्ष भरत प्रसाद ढुंगेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि शैलुङ गाउँपालिकाका अध्यक्ष भरत प्रसाद दुलाल हुनुहुन्थ्यो भने नेकपा एमाले जिल्ला कमिटी दोलखाका सदस्य नेत्र मोक्तान तथा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य सोम मोक्तानको समेत उपस्थिति रहेको थियो ।
यूथ भिजन फर सस्टेनेबल डेभलपमेन्टका अध्यक्ष रविन्द्र ढुंगेलले कार्यक्रमको प्रविधियुक्त आधुनिक शैलुङ बनाउन यस कार्यक्रमको महत्त्व – अपरिहार्यता र युवाहरूलाई पार्ने प्रभावको बारेमा प्रष्ट पार्नुभयो त्यस्तै प्रमुख अतिथि दुलालले स्मार्ट शैलुङ बनाउने लक्ष्य पूरा यो कार्यक्रमको महत्त्वपूर्ण योगदान रहने विश्वास गर्दै आयोजकलाई कार्यक्रम सफलताको शुभकामना दिनुभयो ।
दस दिनसम्म सञ्चालन हुने कार्यक्रममा ५५ जना १६ बर्षदेखि ४० बर्ष उमेर समुहका युवाहरूलाई प्रशिक्षकहरु रविना खड्का र पार्वती बस्नेतले प्रशिक्षण गराउने जानकारी आयोजकले दिनुभएको छ ।




