संस्कृतिको उत्थान, इतिहासको संरक्षण नागरिकको स्वाभिमान सुशासन, सेवा विकास मार्फत उत्कृष्ट वडा निर्माण हाम्रो अभियान

बूढानीलकण्ठ नगरपालिका१०, को आयोजनामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको सुशासन, पारदर्शिता  जवाफदेहिता ,  बूढानीलकण्ठ  नगरपालिका  वडा नं १०  को  प्रतिबद्धता  भन्ने ध्येयलाई  अंगिकार गर्दै जेष्ठ १३  गते बूढानीलकण्ठनगरपालिका  वडा नं  १०  द्वारा  आयोजित सार्वजनिक  सुनुवाइ कार्यक्रम सम्पन्न भएको  

बूढानीलकण्ठ नगरपालिका१०  का  वडा  अध्यक्ष  नवराज भट्टराईको अध्यक्षतामा  सम्पन्न  उक्त  कार्यक्रमको प्रमुख आतिथ्यतानगरप्रमुख मिठाराम अधिकारीद्वारा भएको थियो , साथै विशिष्ट अतिथिको रुपमा नगर उपप्रमुख  अनिता लामा तथा  वडा नं. का वडाअध्यक्ष रवि खड्का लगायतका व्यक्तिहरु अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो वडा  सचीव,  वडा सदस्यहरु  बूढानीलकण्ठनगरपालिका१० का  करिब  ३०० नागरिकहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा नागरिकहरुद्वारा वडा नगरसँग सम्बन्धित विविधप्रश्नहरूको उठान भएको थियो

वडाको प्रमुख  समस्याको रूपमा  रहेको खहरे , खानेपानीको समस्या, सार्वजनिक जग्गा  संरक्षणमा  भएको प्रगति ,सडक खाल्डाखुल्डिभएको  स्थिति,  प्रभावकारी  हुन  नसकेको  सडक बत्ति तथा  सिसि  क्यामेरा  जडानको  अवस्था ,  उपयोगी  हुननसकेको  सूचना पाटि, सम्पदा संरक्षण , रुद्रमति सरसफाइ  , खेलकुद कार्यक्रम, एकेडेमि स्थापना , स्वास्थ्य बिमा सुचारु सन्दर्भमा साथै फुटपाथ नियन्त्रण , सिद्देश्वर वृहत् योजना कार्यान्वयन   बाढी नियन्त्रण वडा भवन निर्माण लगायतका विषयहरुको उठान उपस्थित नागरिकहरुद्वाराभएको थियो भने तत् प्रश्नहरुको  जवाफ वडा  अध्यक्ष  नवराज भट्टराई तथा  नगर  प्रमुख  मिठाराम  अधिकारीले दिनुभएको  थियो

साथै उहाँहरुले विविध प्रतिवद्धताहरु समेत व्यक्त गर्नुभयो जसमा खानेपानीको समस्या समाधानको लागि अनुदान प्रदान गर्दै रिचार्जिङगर्ने सम्बन्धमा, स्वास्थ्य बिमा सम्बन्धमा ,  खहरेको वास्तविकता , रुद्रमति सरसफाइको अवस्था, सार्वजनिक जग्गा संरक्षण उपभोग ,  खेलकुद प्रतियोगिताएकेडेमि स्थापना , वडा भवन समयमै सम्पन्न हुने सम्बन्धमा लगायत थुप्रै प्रश्न उपर जवाफ दिदै  आवश्यक बजेटवडा नगरपालिकाले विनियोजन गर्ने,सार्वजनीक जग्गा संरक्षण कार्यदललाई जिम्मेवारी दिने,ढल, बाढी नियन्त्रणको लागी सामुहिकधारणा बनाएर योजना  तय गरीने  लगायत विविध प्रतिवद्धताहरु व्यक्त भएका थिए

 

वडा कार्यालय नजिकै रहेको मिलनचोक पार्टि भेन्युमा सम्पन्न भएको थियो , उक्त कार्यक्रमको सन्चालन रविन्द्र ढुंगेलद्वारा भएको थियो बूढानीलकण्ठ  नगरपालिका  १०  को  सार्वजनिक  सुनुवाई  कार्यक्रम  विचार विन्यास नेटर्वकबाट जेष्ठ १३ गते प्रसारण भएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय