
बूढानीलकण्ठ नगरपालिका – १३ को आयोजनामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । सुशासन, पारदर्शिता रजवाफदेहिता , बूढानीलकण्ठ नगरपालिका वडा नं १३ को प्रतिबद्धता भन्ने ध्येयलाई अंगिकार गर्दै आज जेष्ठ १ गतेबूढानीलकण्ठनगरपालिका वडा नं १३ द्वारा आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
बूढानीलकण्ठ नगरपालिका –१३ का वडा अध्यक्ष टिकानारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुखआतिथ्यता नगरप्रमुख मिठाराम अधिकारीद्वारा भएको थियो साथै वडा सचीव, वडा सदस्यहरु र बूढानीलकण्ठ नगरपालिका – १३ का करिब १६०/१७०जनाको सक्रिय उपस्थिति रहेको उक्त कार्यमा नागरिकहरुद्वारा वडा र नगरसँग सम्बन्धित विविध प्रश्नहरूकोउठान भएको थियो ।
वडाको प्रमुख समस्याको रूपमा रहेको खानेपानीको समस्या, सार्वजनिक जग्गा संरक्षणमा भएको प्रगति , सडक खाल्डाखुल्डिभएको स्थिति, प्रभावकारी हुन नसकेको सडक बत्ति तथा सिसि क्यामेरा जडानको अवस्था , उपयोगी हुननसकेको सूचनापाटि, सम्पदा संरक्षण प्रकृति दोहन नियन्त्रण तथा ढल व्यवस्थापन ,क्रिकेट मैदान निमार्ण सुचारु नभएको सन्दर्भमा साथै प्रहरी विटस्थापना तथा बाढी नियन्त्रण लगायतका विषयहरुको उठान उपस्थित नागरिकहरुद्वारा भएको थियो भने तत् प्रश्नहरुको जवाफ वडा अध्यक्ष टिकानारायण श्रेष्ठका तथा नगर प्रमुख मिठाराम अधिकारीले दिनुभएको थियो ।
साथै उहाँ हरुले विविध प्रतिवद्धताहरु समेत व्यक्त गर्नुभयो । जसमा क्रिकेट मैदानका् काम अब सबै राजनितिकदलको ऐक्यवद्धता बाटसुरु हुने तथा आवश्यक बजेट नगरपालिकाले विनियोजन गर्ने,सार्वजनीक जग्गा संरक्षण कार्यदललाई जिम्मेवारी दिने,ढल, बाढीनियन्त्रणको लागी सामुहिक धारणा बनाएर योजना तय गरीने लगायत विविध प्रतिवद्धताहरु व्यक्त भएका थिए ।
वडा कार्यालय चुनिखेलमा सम्पन्न भएको थियो , उक्त कार्यक्रमको सन्चालन रविन्द्र ढुंगेलद्वारा भएको थियो ।
बूढानीलकण्ठ नगरपालिका –१३ को सार्वजनिक सुनुवाई कार्यक्रम विचार विन्यास नेटर्वकबाट जेष्ठ १ गते भएको थियो ।