
काठमाडौं महानगरपालिका वडा नम्बर – १५ द्वारा विभिन्न विपद सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । JISP ( Japanese International Support Program) को आर्थिक सहयोग तथा NFYON ( National Federation of Youth Ngos) कोसमन्वयमा काठमाडौं महानगरपालिका वडा नम्बर – १५ भित्रका १८ वटा सामाजिक संस्थाहरुलाई उक्त सहयोग वितरण गरिएको हो ।वडा अध्यक्ष इश्वरमान डंगोलद्वारा ३८ वटा अग्नी नियन्त्रक , १६ वटा प्राथमिक उपचार सामाग्री बक्स तथा २ वटा भर्याङ् सम्बन्धीतसस्थाका प्रतिनिधिहरुलाई वितरण गरिएको हो । कार्यक्रमको सन्चालकको रुपमा वडा सदस्य तथा कार्यपालिका सदस्य मैयाँ लक्ष्मीमहर्जनले गर्नुभएको थियो भने जनप्रतिनिधिहरु बिजु श्रेष्ठ , अप्सरा खत्री , रिता मिजारको उपस्थिति थियो ।
सहयोगी संस्थाको तर्फबाट JISP प्रोग्राम कोअर्डिनेटर महेन्द्र तामाङ र सरोजा श्रेष्ठ तथा NFYON को तर्फबाट प्रोग्राम कोअर्डिनेटर क्षितिज शर्माको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वडा भित्र सन्चालित विभिन्न टोल सुधार समिति तथा सामाजिक संस्थाका प्रतिनिधिहरुले आआफ्नो भनाई समेत राख्नुभयो। मन्तव्यको क्रममा वडा अध्यक्ष इश्वरमान डंगोलले नागरिकहरुलाई वडाबाट गर्नुपर्ने जुनसुकै सहयोगको लागि तत्पर रहेको कुरा व्यक्तगर्नुभयो । उहाँले सिपमूलक कार्यक्रम आवश्यक परेमा टोलका नागरिकहरुको समूह बनाएर आए एक सातामा नै प्रक्रिया सुरु गर्नेजानकारी दिनुभयो । साथै सहयोगी संस्था JISP र NFYON लाई पनि धन्यवाद दिनुभयो ।