काठमाडौं महानगरपालिका वडा नम्बर १५ को आयोजनामा विभिन्न मितिमा सम्पन्न भएका ; एक महिने साइकल प्रशिक्षण , बुनाइतालिम , झोल साबुन बनाउने तालिममा सहभागी तथा प्रशिक्षकहरुलाई प्रमाणपत्र  वितरण कार्यक्रम सम्पन्न भएको

काठमाडौं महानगरपालिका वडा नम्बर १५ को विशेष आयोजना तथा स्वयम्भू डल्लु साइकल पुच: को सहआयोजनामा सन्चालन भएकोउक्त कार्यक्रमको अध्यक्षता स्वयम्भू डल्लु साइकल पुच: का अध्यक्ष माचाकाजि महर्जनज्युले गर्नुभएको थियो कार्यक्रममा प्रमुखअतिथिको रुपमा पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ हुनुहुन्थ्यो भने विशिष्ट अतिथिको रुपमा काठमाडौंमहानगरपालिका वडा नम्बर १५  का वडा अध्यक्ष ईश्वरमान डंगोल हुनुहुन्थ्यो अतिथिहरुमा काठमाडौं महानगरपालिका वडा नम्बर १५  वडा सदस्य तथा कार्यपालिका सदस्य मैयाँ लक्ष्मी श्रेष्ठ , वडा सदस्य अप्सरा खत्री लगायत जनप्रतिनिधि, विभिन्न विधाका प्रशिक्षकहरु, डल्लु आवासिय विद्यालयका प्राचार्य लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो

डल्लु आवासिय विद्यालयमा भएको उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर १५  वडा सदस्य तथा कार्यपालिका सदस्यमैयाँ लक्ष्मी श्रेष्ठले स्वागत मन्तव्य दिनुभयो पूर्व मन्त्री श्रेष्ठले वडाले गरेको कामको प्रशंसा गर्दै , महिलाहरुलाई साइकल चलाएरस्वस्थ भइ एउटा छुट्टै परिचय राख्न सुझाव दिनुभयो काठमाडौं महानगरपालिका वडा नम्बर १५ वडा अध्यक्ष ईश्वरमान डंगोललेमहिलाहरुलाई स्वास्थ्यमा ख्याल गरेरै यसखाले कार्यक्रम आयोजना गरिएको बताउनुभयो उहाँले बुनाइ तालिम मार्फत महिलाहरुउद्यमशिल हुने विश्वास व्यक्त गर्नुभयो

 

साथै वडाद्वारा सन्चालन भएका कार्यक्रमहरुबारे अन्यलाई पनि जानकारी गराउन सुझाव दिनुभयो   कार्यक्रममा प्रशिक्षक तथाप्रशिक्षार्थीहरुले अनुभव प्रस्तुत गर्नुभयो साथै तालिममा अध्यक्ष ईश्वरमान डंगोलद्वारासहभागीहरुलाई  प्रमाणपत्र वितरण गर्नुभयो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय