सुशासन, पारदर्शिता र जवाफदेहिता – बूढानीलकण्ठ नगरपालिका वडा नं ११ को प्रतिबद्धता भन्ने ध्येयलाई अंगिकार गर्दै आज असार१८ गते बूढानीलकण्ठ नगरपालिका वडा नं ११ द्वारा आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
बूढानीलकण्ठ नगरपालिका – ११ का वडा अध्यक्ष राजु अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतिथ्यता नगरप्रमुख मिठाराम अधिकारीद्वारा भएको थियो साथै विशेष अतिथिको रूपमा नगर उप–प्रमुख अनिता लामा र नगरपालिकाका प्रमुखप्रशासकीय अधिकृत तुल्सीराम अर्याल हुनुहुन्थ्यो । वडा सचीव, वडा सदस्यहरु र बूढानीलकण्ठ नगरपालिका – ११ का करिब ६०/७०जनाको सक्रिय उपस्थिति रहेको उक्त कार्यमा नागरिकहरुद्वारा वडा र नगरसँग सम्बन्धित विविध प्रश्नहरूको उठान भएको थियो ।
वडाको प्रमुख समस्याको रूपमा रहेको खानेपानीको समस्या, सार्वजनिक जग्गा संरक्षणमा भएको प्रगति , सडक दयनीय भएको स्थिति, प्रभावकारी हुन नसकेको सडक बत्ति तथा सिसि क्यामेरा जडानको अवस्था , मेलम्चि खानेपानीद्वारा गराइएको कठिनाइ, असारेविकासको बाध्यता, उपयोगी हुननसकेको सूचना पाटि, महिला सन्जाल गठन र वृद्धवृद्धा सम्मान कार्यक्रम लगायतका विषयहरुको उठानउपस्थित नागरिकहरुद्वारा भएको थियो भने तत प्रश्नहरुको जवाफ वडा अध्यक्ष राजु अधिकारी तथा नगर प्रमुख मिठाराम अधिकारीलेदिनुभएको थियो साथै उहाँ हरुले विविध प्रतिवद्धताहरु समेत व्यक्त गर्नुभयो ।





सामतेन मेमोरियल स्कुलमा सम्पन्न उक्त कार्यक्रमको सन्चालन रविन्द्र ढुंगेलद्वारा भएको थियो ।

