
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमण कालीन न्याय सम्बन्धी विधेयक समितिमा नगईकन नटुंगिने स्पष्ट पारेका छन्।
शनिवार सिंहदरबारस्थित सभामुखको कार्यालयमा बसेको शीर्ष तीन दलका नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनलेयस्तो बताएका हुन्।
उनले छलफलमा संसदलाई गतिशील बनाउने कुरामा छलफल भएको उल्लेख गरे। उनले अहिलेको बैठक प्रारम्भिक रहेको र बैठकसकारात्मक रहेको बताए।
उनले भने, ‘सदनका काम कारबाहीहरुको सन्दर्भमा सदनलाई कसरी प्रभावकारी र गतिशील ढंगले बढाउने र अहिले आएका समस्यालाईकसरी समाधान गर्ने भन्ने सन्दर्भमा छलफल भयो, यो प्रारम्भिक हो, सकारात्मक छ। समितिमा कुनै न कुनै हिसाबले जानैपर्छ। दुई तीनदिनभित्र अर्को बैठक बस्छ।’
अध्यक्ष ओलीले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक कुनै न कुनै हिसाबले समितिमा लैजानैपर्ने उल्लेख गरे।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली