काठमाडौँकाठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशकै प्रशासनिक केन्द्रका रूपमा रहेको सिंहदरबार परिसरको फोहोरनउठाउने बताएका छन् शनिबार बिहान सामजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर शाहले आजदेखि सिंहदरबारको फोहोरनउठाइने बताएका हुन्

मेयर शाहले फोहोर नउठाइने कारण स्पष्ट उल्लेख नगरे पनि नेताहरूलाई दोष दिँदै फेसबुकमा लेखेका छन्, ‘आजबाट सिंहदरबारकोफोहोर उठ्दैन  साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ 

यसैबीच एमाले महासचिवले मेयर शाहको अभिव्यक्ति नेपाली समाजलाई चरम अराजकतातिर लैजाने प्रयास भएको संकेत गर्नेबताएका छन्  जिम्मेवारीमा बसेपछि जिम्मेवार जवाफदेही बन्नुपर्ने महासचिव पोखरेलको भनाइ   उनले ट्विटरमा मेयर शाहकोअभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै लेखेका छन्, ‘मेयर बालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजितप्रयास भइरहेको संकेत गर्दछ  जिम्मेवारीमा वसेपछि जिम्मेवार जवाफदेही बन्नै पर्दछ 

बन्चरेडाँडाको फोहोरको झोल कोल्पुखोलामा मिसाएको भन्दै सांसदहरूले नै मेयर शाहमाथि प्रश्न उठाउन थालेका छन् मेयर शाहलेसिसडोलको नियति बन्चरेडाँडामा हुन नदिने बताउँदै आएका थिए तर धादिङको धुनबेंसी नुवाकोटको ककनी गाउँपालिका सिमानामासञ्चालनमा ल्याइएको बन्चरेडाँडा ल्यान्डफिल साइटमा अवैज्ञानिक तवरबाट फोहोर विसर्जन गरिएपछि स्थानीयवासीले आवाज उठाउनथालेका हुन् मापदण्ड (प्रोटोकल्स)हरु पालना नगरी जथाभावीरुपमा फोहोर विसर्जन गर्दा स्थानीयवासीले आवाज उठाउन थालेका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय