काठमाडौँ — नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै झन्डै ५ वर्षयता परिचालित संगठित गिरोहका नाइकेहरूलेसर्वसाधारणबाट उठाएको रकमबाट धमाधम आफ्नो घर बनाइरहेको पाइएको छ ।
गिरोहले जनही १० देखि ५० लाख रुपैयाँसम्म उठाएर नक्कली शरणार्थी परिचयपत्र दिलाउँदै र गृह मन्त्रालयले गठन गरेको शरणार्थीप्रमाणीकरण कार्यदलको प्रतिवेदनमा नक्कली नामावली घुसाउँदै करोडौं रुपैयाँ उठाएको प्रमाण प्रहरीले फेला पारिसकेको छ ।गिरोहका मुख्य नाइके केशव दुलाल (मोरङ), सानु भण्डारी (ललितपुर), टंक गुरुङ(पाँचथर) र सागर राई (मोरङ) लाई उपत्यका अपराधअनुसन्धान कार्यालयले गत साता पक्राउ गरिसकेको छ । यी सबैको हाल काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा बयान जारीछ ।
संकलित प्रमाणमा गिरोहका नाइके दुलालको अहिले धापाखेल, ललितपुरमा तीनतले घर निर्माणको क्रममा रहेको देखिन्छ । पथरी–शनिश्चरे नगरपालिका, वडा नं. १० मा परिवार सगोलको झन्डै २ बिघा जमिनबाहेक दुलालले काठमाडौंका केही तारे होटलमा समेतलगानी गरेको प्रारम्भिक सूचना आए पनि यसमा खोजबिन जारी रहेको छ । धापाखेलको नवनिर्मित घरमा पुगेर दुलालबाट ठगीमा परेकापीडितहरूले दिनहुँ घेरा हालिरहेका छन् ।

अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली
त्यस्तै, गिरोहका अर्का नाइके सानु भण्डारीले ललितपुर, हात्तीवन नजिकैको सेतुपाखामा झन्डै १ रोपनी जग्गामा सुविधासम्पन्न घरबनाइसकेका छन् । आधुनिक सूचना–संयन्त्र र सुरक्षा निगरानी गर्न सकिने व्यवस्थासहितको घरमा पुगेर पीडितहरूले घेरा हाल्नथालेपछि प्रहरीले यो सम्पत्तिबारे जानकारी पाएको हो । यस्तै, अर्का सहनाइके गुरुङको पनि धापाखेल, ललितपुरमा चारतलेसुविधासम्पन्न घर बनाएको र यही घरमा हालसम्म गिरोहका नाइके दुलाल बस्दै आएका थिए ।
नक्कली शरणार्थी बनाएर अमेरिका लैजान खोज्ने गिरोहका नाइके दुलालसहित ३ पक्राउ
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार दुलाल–भण्डारीसहितको गिरोहको ठगीमा परेको भनेर प्रमाणसहित सोमबारसम्म १सय ८० भन्दा बढी उजुरी परेका छन् । अहिलेसम्म झापा, मोरङ, काठमाडौं, ललितपुर, दाङसहितका जिल्लाहरुबाट पीडित काठमाडौंप्रहरीमा आएका छन् । अहिले सम्पर्क भएका सल्यान, म्याग्दी, कास्कीसहितका पीडितहरू उजुरी लिएर मंगलबार काठमाडौं आएकाछन् । कास्की, म्याग्दीका पीडितले यो संगठित गिरोहका अरु सक्रिय सदस्यबारे खुलासा गर्ने बताएका छन् ।
भुटानी शरणार्थी सूचीका ४२९ जना पनि सन्देहमा
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने सपनाको बिक्री गर्दै आएको गिरोहको बढ्दो संख्या र त्यसविरुद्ध परेको उजुरीकाकारण यो छानबिनलाई ठगी र संगठित अपराधका रुपमा अघि बढाउनेबारेको परामर्शमा गृह मन्त्रालय जुटेको छ । यो गिरोहबारेकोसमाचार सार्वजनिक भएपछि गृहसचिव विनोदप्रकाश सिंहले प्रहरीले थालेको यो अनुसन्धानलाई टुंगोमा पुग्न दिनु जरुरी रहेको भन्दै योप्रकरणमा गृह मन्त्रालयकै कर्मचारी कोही संलग्न भएमा पनि छानबिन जारी रहने प्रतिबद्धता जनाइसकेका छन् ।
नक्कली शरणार्थी परिचयपत्र : को हुन् गिरोहका नाइके दुलाल ?
शरणार्थी बनाउने नाममा ठगी प्रकरण : पूर्ववडाध्यक्ष राई दुलालका ‘मुख्य सहयोगी’
