काठमाडौँ पूर्वराजा ज्ञानेन्द्र शाहले स्थिरता स्थायित्व सही राज्यपद्धति बिना हुन नसक्ने बताएका छन् सुनसरीको इनरुवामाराजावादीहरुले अभिनन्दन गरेपछि सम्बोधन गर्दै पूर्वराजाले  अहिलेको गणतान्त्रिक व्यवस्था कोरा सतही भएको दाबी गर्दै आलटाल टालटुलको प्रणालीले कुनै खँदिलो परिणाम दिन नसक्ने जिकिर गरे  

स्थिरता स्थायित्व सही राज्यपद्धति, शान्ति एवं अनुशासन बिना हुन सक्दैन’, उनले भने, ‘कसैलाई धन, कसैलाई मन, कसैलाई पद कसैलाई कद दिएर, लोभाएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको परिवर्तन देखाउन अहिलेको कोरा सतही फेरबदलआलटाल टालटुलको प्रणालीले कुनै खँदिलो परिणाम दिँदैन

राष्ट्र राष्ट्रिय एकताको रक्षा गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै पूर्वराजाले  शान्ति, सुव्यवस्था सुशासनका माध्यमबाट चौतर्फीविकासको बाटो लाग्नुपर्ने बताए   व्यक्ति, परिवार, समूह, दल वा गुट उपगुटमा अल्झिएर नभई हामी हाम्रो भन्ने सुहाउँदो राष्ट्रियअवधारणालाई प्रवाह गर्न सकेमा देश बन्ने उनको धारणा  

उनले आफूलाई अभिनन्दन भाव प्रकट गरेकामा समर्थकहरूलाई धन्यवाद समेत ज्ञापन गरे सो क्रममा राजावादीहरुको उल्लेख्यसहभागिता रहेको थियो  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय