काठमाडौँ अवकाशप्राप्त नायब सुब्बाको अवैध सम्पत्ति फेला परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेषअदालतमा मुद्दा दायर गरेको भन्सार विभागका तत्कालीन नायव सुब्बा रघुनाथ घिमिरेको दुई करोड चौध लाख छयालीस हजार सय सन्ताउन्न रुपैयाँ चौबीस पैसा अवैध सम्पत्ति फेला परेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो  

एयरपोर्ट भन्सार, विभिन्न भन्सार कार्यालय राजश्व अनुसन्धान विभागमा बसेर राजश्व हिनामिना गरी राजश्व छल्ने कार्य गरेको, गैरकानूनी काम गरी राजश्वका विभिन्न कार्यालयमा बसी करोडौं सम्पत्ति कमाएर श्रीमती लगायत परिवारका विभिन्न व्यक्तिहरुकोनाममा लुकाएर राखेको, विभिन्न कम्पनीहरुमा लगानी, शेयर खरिद, जग्गा खरिद लगायतको कार्य गरी गैरकानूनी सम्पत्ति आर्जन गरेकोभन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो  


अनुसन्धानका क्रममा पाँच करोड पच्चीस लाख सोह्र हजार तीन सय सत्ताईस रूपैया चवालीस पैसा निजको वैधानिक आय स्रोत खुल्नआएको देखिएको अख्तियारको भनाइ तर,  थप दुई करोड चौध लाख छयालीस हजार सय सन्ताउन्न रुपैयाँ चौबीस पैसा अवैधपुष्टि भएकाले जफत गर्न माग गरिएको

यसैगरी घिमिरेले पदको दुरुपयोग गरी कमाएको रकमले श्रीमती शारदा गौतमको नाममा समेत जोडेको पाइएकाले गौतमलाई पनिप्रतिवादी कायम गरी हाल कायम सम्पत्तिमध्येबाट बिगो जफत गरी पाउन मागदावी लिएर आरोपपत्र दायर गरिएको प्रवक्ता भोलादाहालले जानकारी दिए  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय