काठमाडौँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई अघि बढाउन एमाले सबल राष्ट्रिय शक्ति बनाउनुपर्ने बताएका छन् आइतबार काठमाडौँमा पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघमा सुरु भएको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधनगर्दै पूर्व प्रधानमन्त्री ओलीले जनतालाई सचेत बनाउँदै एमालेको सम्पूर्ण शक्ति सबल राष्ट्रिय शक्ति बनाउन केन्द्रित भइरहेको बताए

देशलाई अस्थिरता, अन्यौल दिशाहिनताबाट जोगाएर सही बाटोमा लैजान अबको समय खेर जान नदिएर हामी एउटा सबल राष्ट्रियशक्तिका रुपमा अघि बढ्नुपर्छअध्यक्ष ओलीको भनाइ  उनले एमालेको सम्पूर्ण शक्ति सुदृढ सबल राष्ट्रिय शक्ति निर्माणमाखर्चिनुपर्ने बताए  उनले एमालेले चलाएको मिसन ग्रासरुट अभियान पार्टी जनतासम्म पुग्नका लागि भएको भन्दै जनता कार्यकर्तामासही विचार पुर्याउन जरुरी भएको बताए ओलीले अन्तर्घाती चरित्र एमाले चरित्र हुन नसक्ने भन्दै  प्रचण्डपथको काम जातिजातिमाभिडाउने भएको तर  एमालेले सबै जातिलाई एकताबद्ध बनाउने काम गरिरहेको बताए  

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

यो प्रचण्डपथको काम जाति जातिका बीचमा भिडन्त बढाउने हामी जातिजातिलाई उत्थान गराउने एकताबद्ध गराउने, राष्ट्रिय शक्तिनिर्माण गर्ने, हाम्रा संगठनको उद्देश्य झैझगडा होइन, समस्या समाधान गराउने हो’, ओलीको भनाइ   

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय