काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले संसदमा सांसदहरुको उपस्थिति कम भएकोप्रति ब्यङ्ग्य गर्दैमाइक्रोबसका सहचालकलाई पनि संसद बैठकमा राख्नुपर्ने टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदश्रेष्ठले सांसदहरुले संसदको शून्य समयमा बोलेको कुरा कसैले सुन्छ कि सुन्दैन भनेर समेत प्रश्न गरे । प्रतिनिधिसभा नियमावलीकोमस्यौंदामाथि बोल्ने क्रममा उनले भने– ‘नियमावलीको किन आवश्यकता भन्ने प्रश्नबाट हामी अगाडि बढ्नुपर्छ होला ।
यसको मर्म भनेको सरकार संसदप्रति जवाफदेही होस, उत्तरदायी होस भन्ने हो । अहिलेसम्म संसद चलेको ४ महिना भयो तर संसदमाउठेको प्रश्नको सरकारले जवाफ नै दिएको छैन । यहाँ सबैले आफ्नो क्षेत्रको प्रश्न उठाइरहने तर सरकारले जवाफ नै नदिने हो भने त योसंसदको काम पनि छैन र यसको गरिमा मा नै आँच पनि आँउछ ।’
उनले सार्वजनिक महत्वमाथि उपत्यकाका धेरै कुरा उठाएपनि सुनुवाई नभएको बताए । उनले बत्ति गएकोदेखि लिएर मूर्ति चोरेकोसम्मकाकुरा संसदमा उठाएको तर अहिलेसम्म जवाफ केही पनि नआएको बताए । उनले रास्वपाका सांसदहरुले उठाएको संसदीयक्यालेन्डरको कुरा राख्ने हो भने पूर्व योजना बनाउन सहयोग पुग्ने बताए ।
उनले भने– ‘हामीले हाम्रो संसदीय दलभित्र नबोलेको साथीले पनि बोल्नुपर्छ भनेर योजना बनाइरहेका हुन्छौँ तर कार्यसूचीमा त्यो विषयसमावेश नै हुँदैन । क्यालेन्डरमै भयो भने त्यो महत्वपूर्ण कुरा यहाँ कसरी राख्ने भन्ने तयारी गर्न पाइन्थ्यो ।’
उनले राज्यले संसदका लागि खर्च गर्ने तर सांसदले गरेको प्रश्नको उत्तर नआउने कारणले गर्दा खर्च गर्नुको अर्थ नभएको बताए । उनलेभने– ‘अहिले पनि क्यामेराम्यान साथीहरुलाई यतातिर घुमाइदिनुस् भन्छु कि कति सिटहरु खाली छ । चुटकिला भन्ने कि के भन्ने यहाँमर्यादापालक साथीहरुसँगै पाँच सात जना खलाँसी साथीहरु पनि राख्नुपर्छ जस्तो लाग्छ, त्यो माइक्रोबसमा खलाँसी साथीहरु हुनुहुन्छनी उहाँले बसमा कोची कोची हाल्नुहुन्छ । यो संसदको सिट भर्न पनि मर्यादापालक साथीसँग ५ जना खलाँसी साथीहरु राखिदिने हो भनेएउटै सिटमा दुई दुई जना सांसद राख्न सकिन्छ जस्तो लाग्छ । नत्र राज्यलाई यत्रो व्ययभार खर्च गराएर खाली संसद चलाएर के काम?’

विराजभक्त श्रेष्ठ
उनले अगाडि भने– ‘धन्न आज त यतिजना भएपनि मन्त्रीज्यूहरु उपस्थित हुनुहुन्छ । सञ्चारकर्मी साथीहरुले पनि देखाइदिनुस् कति जनामन्त्री आउनुभएको छ भनेर । मैले पहिला पनि कुरा उठाउँदा संसदमा राज्यमन्त्री मात्र हुनुहुन्थ्यो राज्यमन्त्री मन्त्रिपरिषदको सदस्य हुँदैनभनेपछि उहाँले यहाँको कुरा मन्त्रिपरिषदमा कसरी लाने ?
म त प्रदेशसभाको पनि अभ्यास गरेर आएको बरु त्यहाँको अभ्यास चाँही राम्रो थियो कम्तिमा सम्बोधन मात्र भएपनि हुन्थ्यो । बरुसामाजिक सञ्जालमा आएको कुराहरु कर्मचारीले सुन्ने गर्छन् तर यो संसदमा बोलेको कुरा त नसुन्ने रहेछन् । सुन्ने समय हो कि नसुन्नेसमय हो यो ?’
उनले रास्वपाका सांसदहरुले प्रतिनिधिसभा नियमावलीको मस्यौंदा संशोधनका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा संसदमा भएका कुराहरुलाईउठाएकोले त्यसलाई समावेश गर्न आग्रह गरे ।
