राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीेले दुई तिहाई बहुमतको सरकार बनाउने जिकिर गरेका छन्।

वैशाख १० गते हुने उपनिर्वाचनको उम्मेदवार घोषणा गर्न शनिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुराबताएका हुन्।

सभापति लामिछानेले आफ्नो पार्टीमा स्वर्णिम वाग्ले रमेश खरेलजस्ता हजारौं क्षमतावान मानिसहरु जोडिन आउने जनाउ दिएको भन्दैपार्टीले बहुमतको सरकार बनाउने दिनको परिकल्पना आफूले गरेको पनि स्पष्ट पारे। उनले वाग्ले खरेलजस्ता विज्ञहरुले मन्त्री भएरसरकारको नेतृत्व गर्ने मुलुकमा विचौलिया घुसखोरहरुको अन्त्य हुने दाबी समेत गरे। वाग्ले खरेलजस्ता विज्ञहरु आफ्नो पार्टीमाआउनु सिंगो देशका लागि उज्यालोको संकेत भएको उनको भनाई थियो।

साभापति लामिछानेले भने, ‘आजको यो कार्यक्रम आउँदै गरेको त्यो हजारौं क्षमतावान मानिसहरु जोडिन आँटेको जनाउ घण्टी मात्रै हो।सम्पूर्ण होइन। त्यसकारणले यो जानकारी गर्नका लागि पनि हामी यहाँ उपस्थित भएका हौं। अन्त्यमा पार्टीलाई विश्वास गरेर, योअभियानलाई विश्वास गरेर आफूले आर्जन गरेको आफ्नो नाम, आफ्नो प्रतिष्ठालाई हामीसँगै जोडिएर अगाडि बढने जुन साहस, हिम्मत साथ दिनुभयो। दुवै जना साथीहरुलाई धेरैधेरै धन्यवाद पनि दिन चाहन्छु। तपाईहरुको आगमनले एउटा केवल राजनीतिक दलमातपाईहरु दुई जना आउनु भएको मात्रै होइन।

एउटा हुर्कदै गरेको पुस्तालाई तपाईहरुले कति भरोसा दिनु भएको छ। यो अध्यारो ठाउँमा, यो अन्धकार भएको ठाउँमा, समाज जहाँनिराशाको एउटा ठूलो बादल छाएको छ। यस्तो निराशाको बादल छाएको ठाउँमा तपाईहरुले एउटा आशाको किरण बालिदिनुभएको छ।एउटा ज्योति बालिदिनु भएको छ। यस अर्थमा तपाईहरुले यो मुलुकलाई, यो ठाउँलाई तपाईहरुले सिंगो समाजलाई सिंगो देशलाईआशाको जुन किरण झल्काई दिनु भएको छ। यो गुण तपाईले लगाउनु भएको छ। मलाई विश्वास छ। आउँदै गरेको पुस्ताले तपाईलेलगाउनु भएको यो गुणलाई सम्झने छ। त्यो दिनको परिकल्पना गरिरहेको छुजतिखेर हामीले बहुमतको सरकार, दुई तिहाईकोसरकार बनाउनेछौं।

जहाँ हाम्रा सांसदहरु, नीति निर्माणमा संसदभरी रहनेछन्। , हामीले संचालन गरेको सरकार, हाम्रो नेतृत्वको सरकारमा तपाईहरुजस्तोविज्ञहरुले मन्त्रालयहरु हाँक्नु हुनेछ। जहाँ विचौलिया, घुसखोरहरुको अन्त्य हुनेछ। यो देशले राम्रा नीतिहरु बनाउनेछ। , आउँदै गरेकाहाम्रा छोराछोरीहरुको भविष्य सुनिश्चित गर्नेछ। त्यो दिनको सपना देखिरहेको छु यो सपना मैले सुतेर, निदाएर देखेको सपनाहोइन।

सभापति लामिछानेले आफ्नो पार्टीले बहुमत ल्याएपछि राम्रा नीति बन्ने नयाँ पुस्ताको भविष्य सुनिश्चित हुने दिन आउने पनि बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय