मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेस र एकीकृत समाजवादीका शीर्षनेताहरुसँग आज परामर्श गरेका छन् ।
दाहालले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसंग परामर्श गरेकाहुन।

तीन शीर्ष नेता बीच भोलि बेलुकी ४ बजे १० दलको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको प्रधानमन्त्रीका स्वकीयसचिव रमेश मल्लले जानकारी दिएका छन ।
चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री दाहालले मन्त्रिपरिषदलाई पूर्णता दिन अझै सकेका छैनन् ।
