जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले यही वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा बारा २ मा उम्मेदवारी दिनेपक्कापक्की भएको छ। तर उनलाई तराई मधेसकेन्द्रित दल जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (जसपा)ले सत्तारुढ १०दलीय गठबन्धनबाट साझा उम्मेदवार बन्न नदिने रणनीति बनाएका छन्।
उपनिर्वाचनमा बारा २ मा कुनै पनि अवस्थामा उम्मेदवारी दिने जनमत पार्टीका नेताहरूको भनाइ छ। लोसपाको शुक्रबार बसेकोकार्यकारिणी बैठकले बारा २ मा उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ। बारा २ जसपाका अध्यक्ष यादवविरुद्ध जनमत र लोसपालेमोर्चाबन्दी गर्ने भएका छन्। जसपाका नेताहरू भने बारा २ मा सत्तारुढ १० दलीय गठबन्धनबाट यादवलाई साझा उम्मेदवार बनाउन प्रयासगरेका छन्। जसपाका नेताले जति प्रयास गरे पनि यादव बारा २ मा १० दलीय गठबन्धनबाट साझा उम्मेदवार बन्न नसक्ने ठोकुवा जनमतपार्टीका महासचिव चन्दन सिंहले गरे। ‘बारा २ मा हामी कुनै पनि अवस्थामा उम्मेदवार दिन्छौं। हामी मित्रवत् प्रतिस्पर्धा गर्छौं,’ सिहंले भने, ‘बारा २ मा हामीले पनि उम्मेदवारी दिने भएपछि उहाँ (यादव ) सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बन्न सक्नुहुन्न ।’यही चैत ३ गतेसम्पन्न उपराष्ट्रपति निर्वाचनमा जसपाका नेताहरूले जसपाका उम्मेदवार रामसहाय यादवलाई सत्तारुढ गठबन्धनको तर्फबाट साझाउम्मेदवार बनाउन अन्तिमसम्म प्रयास गरेका थिए। यसमा नेपाली कांग्रेस र नेकपा (माओवादी)ले जनमत पार्टीलाई मनाउने प्रयास गरेकाथिए। तर जनमत पार्टीका अध्यक्ष सिके राउतले उपनिर्वाचनमा पार्टीबाट उम्मेदवारी दिलाएरै छाडे। रामसहाय यादव उपराष्ट्रपतिमाविजयी भए तर राउतले रामसहायलाई गठबन्धनको तर्फबाट साझा उम्मेदवार बन्न दिएनन्। यसपटक पनि त्यही घटना दोहोरिने सिंहलेबताए। ‘उपराष्ट्रपतिको निर्वाचनमा हामीले जसरी मित्रवत् प्रतिस्पर्धा गरेका थियौं। त्यसरी उपनिर्वाचनमा पनि मित्रवत् प्रतिस्पर्धा गर्नेछौं,’ सिंहले भने, ‘गठबन्धन एउटा विषय हो तर चुनाव अर्को विषय हो। एउटै गठबन्धनमा बसे पनि मित्र मित्रवत् प्रतिस्पर्धा गर्नसकिन्छ।’उपराष्ट्रपति निर्वाचनअघि तराई मधेसकेन्द्रित ३ दल जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टीले कार्यगत एकता गर्ने निर्णयगरेका थिए। यो कार्यगत एकता उपनिर्वाचन पनि कायम रहने जनमत तथा लोसपाका नेताहरू बताउँछन्। यद्यपि अहिले जनमत रलोसपा दुवै पार्टीका नेताहरूले बारा २ मा उम्मेदवारी दिने घोषणा गरेका छन्।
जसपाका नेताहरू बारा २ मा उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने विषयमा पार्टीभित्र विवाद नै नभएकोबताउँछन्। जसपा बारा समितिले समेत यादवलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। गत मंसिरमा सम्पन्न प्रतिनिधिसभानिर्वाचनमा यादवले सप्तरी २ मा उम्मेदवारी दिएका थिए। त्यस क्षेत्रमा जनमत का अध्यक्ष राउत विजयी भएपछि यादव संसद्मा छिर्नपाएका छैनन्। आफू प्रतिनिधिसभामा प्रवेश गर्न यादवले बारा २ बाट चुनाव जितेका रामसहाय यादवलाई उपराष्ट्रपति बनाउन सफलभए। उनले सुरुदेखि नै सत्तारुढ गठबन्धनमा उपराष्ट्रपति पाउन मरिहत्ते गरेका थिए।

जसपाका एक नेताले भने, ‘चुनावलगत्तै बनेको माओवादी र एमालेबीचको गठबन्धनमा जसपाले उपराष्ट्रपति मागेको थियो। त्यति बेलाएमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्टसँग राष्ट्रपति र उपराष्ट्रपतिको विषयमा टुंगो लागिसक्यो। जसपाले उपराष्ट्रपति पाउँदैनभन्नुभयो। ओलीको यस्तो अभिव्यक्तिपछि यादव एमालेसँग निकै चिढिए र त्यसपछि सरकारमा कसैलाई पठाएनन्।’
त्यो बेला प्रधानमन्त्री पुष्पकमल दाहालले जसपाका लागि २ वटा मन्त्रालय खाली राखेका थिए। तर यादवले सरकारमा कसैलाईपठाएनन्। एमाले–माओवादी गठबन्धन भत्काएर वर्तमान गठबन्धन बनाउन यादवको भूमिका रहेको बताइन्छ। स्रोत भन्छ, ‘एमाले रमाओवादीबीच गठबन्धन बनेको केही दिनमै यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए।
