बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेका छन्। प्रदेशसभाको आजको बैठकमा ११० सदस्यीयप्रदेशसभाका ६७ सांसदले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिएका हुन्।
विश्वासको मतको विपक्षमा १७ मत पर्यो भने ७ जना सांसद तटस्थ बसे। प्रदेशसभाको विश्वास छ भनेर देखाउन मुख्यमन्त्रीले कम्तीमा५६ सांसदको समर्थन जुटाउनुपर्ने थियो।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल
उनलाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले विश्वासको मत दिएका छन्। मुख्यमन्त्री नियुक्त भएको तीनमहिना पनि पूरा हुन नपाउँदै उनले दोस्रोपटक विश्वासको मत पाएका छन्।
केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै राप्रपाका ३ जना मन्त्रीहरुले फागुन १३ गते राजीनामा दिंदै सरकारको समर्थन समेत फिर्तालिएका कारण मुख्यमन्त्री जम्कट्टेलले शुक्रबार पुनः विश्वासको मत लिएका हुन्।
