काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यहबैशाखबाट सुरु गर्ने भनेको पूर्वपश्चिम सडक यात्रा मंसिरमा मात्रै गर्ने भएकाछन् ।
‘यहीं वैशाखमा सुरु गर्ने भनेको थियो, अब मंसिरमा मात्रै हुने भयो । पहाडी बाटोबाट महाकालीको झुलाघाटबाट लगभग एक महिनालगाएर पाँचथरको चिवा भञ्ज्याङसम्मका जनतासँग भेटघाट गर्ने योजना छ’, शुक्रबार झापामा आयोजित पार्टी कार्यक्रममा बोल्दैओलीले भने, ‘राजमार्ग नै राजमार्ग हिँड्ने मेरो योजना छ मंसिरमा ।’ यसअघि ओलीले आफ्नो एक महिने सडक यात्रा वैशाखमा गर्नेबताएका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली
