काठमाडौँसंस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किरातीले नेपालमा पर्यटन नीति नै नभएको बताएका छन्  काठमाडौंमाशनिबार आयोजित नेपाल थामी समाजको छैटौं राष्ट्रिय महाधिवेशनमा बोल्दै मन्त्री किरातीले मुलुकमा संस्कृति पर्यटनसम्बन्धी नीति नैनभएको स्वीकार गरेका हुन्

मन्त्री किरातीले भने, ‘पर्यटन नीति हामीले अहिलेसम्म बनाउनै सकेनौं  हाम्रो संस्कृति नीति बनाउनै सकेनौं  सकिएन भर्खर मन्त्रीभएको ६१ दिन भयो 

उनले अबको नेपालको पर्यटन नेपालीपनको हुने घोषणा गर्दै रैथाने स्वाद संस्कृतिसहितको पर्यटन हुनुपर्ने बताए अबको पर्यटनभनेको चाहिँ प्रकृतिको सम्पदा मानवको सम्पदालाई मिश्रण गरेर बनेको नेपालीपनको पर्यटन हुन्छ  रैथाने स्वाद संस्कृतिसहितकोअबको पर्यटन हुनुपर्छ,’ उनले भने 

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराती

मन्त्री किरातीले नेपालमा पर्यटनका लागि अथाह सम्भावना भए पनि त्यसको परिचालन गर्ने नीतिहरुकै अभाव देखिएको बताए  उनलेमुलुकको पर्यटन व्यवसायलाई अघि बढाउन सोसम्बन्धी अध्ययन, अनुसन्धान हुनुपर्नेमा पनि जोड दिए 

मन्त्री किरातीले अन्य देशका कल्चर सेन्टरहरु नेपालमा भए पनि नेपालले भने सो काम नगरेकाले यहाँका संस्कृतिहरु लोप हुने अवस्थापुगेको बताए  उनले नेपालीपनको विकास गरेरमात्रै नेपालले पर्यटनको क्षेत्रमा उल्लेख्य प्रगति गर्न सक्ने दोहोर्‍याए 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय