
हिउँ र वर्षा नहुँदा चिन्तित भएकाहरूलाई केही सान्त्वना दिने गरी परेको हिमपातले पाथीभरा क्षेत्र अहिले पनि सेताम्मे छ। पाथीभरा मन्दिरजाने तीर्थालुका लागि हिउँको मज्जा लिन पाउनु अर्को स्वर्गीय आनन्द झैँ भएको छ।
पाथीभरा पदमार्गको हिउँ जमेको बाटोमा हिँड्दा सेतो कार्पेटले स्वागत गरे झैँ लाग्छ। चिप्लो हुने भएकोले ओरालो झर्दा भने केहीहोशियारी अपनाउनुपर्ने हुन्छ। तीर्थालुले हिउँ पग्लेको पानीबाट हुने जोखिमबाट बच्न जुत्ताको बाहिर जुराफ (मोचा) लगाउने पनि गर्छन्।तर प्रयोग भई सकेपछि जुराफ (मोचा) लाई व्यवस्थित ढङ्गले डस्बिनमा फाल्नु भने अनिवार्य रहेको सरोकारवाला बताउँछन्।
सेताम्मे पाथीभरा क्षेत्रको अवस्था के छ त? तस्बिर हेरौँ।