काठमाडौँ — माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले द्वन्द्वकालीन मुद्दालाई संक्रमणकालीन न्यायको सिद्धान्तअनुसारनिष्कर्षमा पुर्याउनुपर्ने मान्यतामा सशस्त्र संघर्षको पृष्ठभूमिबाट आएर हाल अन्य पार्टीमा रहेका नेताहरूको पनि रहेको बताएका छन्। प्रधानमन्त्री रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा द्वन्द्वकालीन घटनालाई लिएर मुद्दा दर्ताभएपछि माओवादी घटकले आइतबार पत्रकार सम्मेलन गरेका थिए । काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा माओवादी घटक ९राजनीतिक दलहरू सहभागी थिए ।

पत्रकार सम्मेलनमा संयुक्त विज्ञप्ति पनि सार्वजनिक गरिएको थियो । विज्ञप्ति र ९ दलको धारणाप्रति अन्य पार्टीमा रहेका नेताहरूकोपनि ऐक्यबद्धता रहेको महराले बताए । ‘हामी ९ पार्टी जुटेका छौं । जनयुद्धको पृष्ठभूमिबाट आउनुभएका अरु पार्टीमा रहेका साथीहरूलेपनि सम्पर्क गरिरहनुभएको छ । उहाँहरूको पनि यसमा ऐक्यबद्धता छ । तर उहाँहरू उपस्थित हुन सम्भव भएन,’ उनले भने ।
माओवादी घटक दलहरू र विगतमा माओवादीमा संलग्न भएर हाल अन्य पार्टीमा रहेका नेताहरूले पनि शान्ति सम्झौताप्रति प्रतिबद्धताजनाएको उपाध्यक्ष महराले बताए । माओवादीले राज्य पुनर्संरचना लगायतका लागि संघर्ष गरेको र शान्ति सम्झौतामा आएको तर हालमुलुक प्रतिगमनको दिशामा अगाडि बढिराखेको आशंका महराले गरेका छन् ।
माओवादी नेतृत्वमा भएको सशस्त्र विद्रोहमा नेतृत्व गरेका रामबहादुर थापा, लेखराज भट्ट, मणि थापालगायत नेता हाल नेकपा(एमाले)मा क्रियाशील छन् । उनीहरूलाई लक्षित गरेर महराले अभिव्यक्ति दिएका हुन् ।
