काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धनको सरकारमा आफू सहभागी नहुने बताएका छन् ।आईतबार आर्थिक पत्रकार समाज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू वर्तमान सरकारमा मन्त्री नबन्ने र बन्ननमिल्ने उल्लेख गरे । उनले सरकारलाई सफल बनाउन लाग्ने बताए । सरकार कति दिन टिक्यो भन्दा पनि के परिणाम निस्कियो त्यसकोआधारमा सफलता मापन हुने पनि बताए ।

‘मैले ५ वर्षको लागि पाएको जम्मेवारी भनेको सांसदको जम्मेवारी हो । मैले यो सबै कामहरु नेपाली काँग्रेसको महामन्त्री भएर गर्ने हो ।त्यो कामहरु गर्छु । मैले सांसद भएर प्रधानमन्त्रीकोमा, संसदमा उठाउनुपर्ने कुराहरु उठाउँछु । म न अहिले मन्त्री बन्ने हो, न मैले बन्नमिल्छ, न बन्दैछु । मैले अहिले कांग्रेस सरकारमा गइरहेको बेलामा यो सरकारलाई सफल बनाउने हो‘महामन्त्री थापाले भने ।
महामन्त्री थापाले राजनीतिक दलहरु खुसी हुँदैमा जनता खुसी हुन्छन् भन्ने भ्रम नपाल्न आग्रह गरे । उनले नेपालमा पूर्वप्रधानमन्त्रीहरुकोक्लबबाट नै आलोपालो प्रधानमन्त्री अभ्यास रहेपनि सरकारले नागरिकलाई सेवासुविधाहरु दिन सक्नुपर्ने बताए ।
