काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले पार्टीका केन्द्रीय सदस्य एवं पार्टीको इन्जिनियरिङ विभाग इन्चार्ज सरोज उपाध्यायकोनिधनप्रति दुःख व्यक्त गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालयका सचिव गङ्गालाल तुलाधरले एक शोक विज्ञप्ति जारी गर्दैउपाध्यायको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

तुलाधरले जारी गरेको शोक वक्तव्यमा उपाध्यायको निधनले पार्टीलाई अपूरणीय क्षति भएको उल्लेख गर्दै उनको आकस्मिक निधनबाटपार्टी मर्माहत भएको उल्लेख छ । शोक विज्ञप्तिमा पार्टी निर्माणमा महत्त्वपूर्ण योगदान गरेका उपाध्यायप्रति श्रद्धाञ्जली अपर्ण गर्दैपार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ ।
शोकको यस घडीमा शोकलाई शक्तिमा बदलेर पार्टी निर्माणमा लाग्न सम्पूर्ण पार्टी नेता, कार्यकर्ता, समर्थक शुभचिन्तकहरूमा अनुरोधगरिएको छ ।
यसैबीच, उपाध्यायको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि यही फागुन २२ गते दिउँसो १ देखि ३ बजेसम्म पार्टी केन्द्रीय कार्यालयआलोकनगरमा राखिने विज्ञप्ति जनाइएको छ । शनिबार शङ्खमूलस्थित एक रेष्टुराँको ६ तलाबाट लडेर घाइते भएका उपाध्यायकोअन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
