काठमाडौँ व्यवसायी दुर्गा प्रसाईँलेराजतन्त्रजिन्दावादनभन्न आग्रह गरेका छन् राजतन्त्र पुनःस्थापना गर्ने भन्दै शनिबारकाठमाडौंको नयाँ बानेश्वरबाट आन्दोलनको शुभारम्भ गरेका उनले पूर्वराजा ज्ञानेन्द्र शाह उपस्थित नभएपछि राजतन्त्र जिन्दावादको नारानलगाउन आग्रह गरेका हुन् यसअघि उनका समर्थकहरुले राजा आऊ, देश बचाऊ लगायतका नाराबाजी लगाउँदै प्रदर्शन गरिरहेका थिए तर प्रसाईले आफ्नो सम्बोधनको क्रममा राजतन्त्र जिन्दावादको नारा नलगाउन आग्रह गरे

उनले राजतन्त्र चाहिने हो भने पूर्वराजा शाह उनका परिवारका सदस्यहरु पनि आफ्नो आन्दोलनमा सहभागी हुनुपर्ने सर्त राखेका छन् प्रसाईले आफू पूर्वराजा शाहलाई देखाएर सांसद हुने खालको मान्छे नभएको पनि पटकपटक दोहोर्याए उनले भने, ‘ तपार्इंहरुलाईराजतन्त्र जिन्दावाद नभन्न आग्रह गर्दछु किनभने राजतन्त्र चाहिनका लागि उहाँहरु पनि आन्दोलनमा आउनुपर्यो नि हामीसँगै आउनुपर्यो भिडनुपर्यो हामीलाई साथ दिनुपर्यो राजा देखाएर रोटी साट्ने मान्छे होइन दुर्गा प्रसाईँ राजा देखाएर सांसद बनेर जान्न्

माओवादी छाडेर एमाले प्रवेश गरेका प्रसाईले हाल सो पार्टी पनि परित्याग गरी राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति नागरिक बचाऊमहाअभियान सञ्चालन गर्ने भन्दै काठमाडौंमा आन्दोलनको कार्यक्रम सुरु गरेका हुन् आफूले व्यवसाय गरिखाने रोजगारीको अवसरसृजना गर्ने बाटो राज्यले बन्द गरेपछि आन्दोलन गर्न बाध्य हुनुपरेको उनको भनाई थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय