काठमाडौँनेकपा (एमाले) ले राष्ट्रपतिको निर्वाचनको मिति नजिकिँदै गर्दा शुक्रबार थप तीन राजनीतिक दलसँग मत मागेको एमालेले आज लोकतान्त्रिक समाजावादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी जनमत पार्टीसँग मत मागेको हो

ती पार्टीका कार्यालयमा गई एमालेले आफ्नो पार्टीका तर्फबाट उम्मेदवार बन्नु भएका सुवासचन्द्र नेम्वाङलाई मत मागेको एमाले सचिवयोगेश भट्टराईले जानकारी दिए  राष्ट्रपतिका उम्मेदवार नेम्वाङसहित पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव योगेश भट्टराई, पोलिटब्युरो सदस्य ठाकुर गैरसहितको टोली मत माग्नका लागि जाएको थियो 

लोसपाका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जनमत पार्टीका अध्यक्ष सिके रावतलाई भेटीउनहरूले मत मागेका हुन्  बिहीबार पनि एमालेले राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई मत माग्नका लागि नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग मत मागेको थियो  यही फागुन १७ गते एमालेका अध्यक्ष केपीशर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई भेट गरी राष्ट्रपतिमा नेम्वाङलाई मतमागेका थिए 

यसअघि एमालेले नेपाली कांग्रेस बाहेक अन्य दलसँग आफ्नो पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका नेम्वाङलाई मत माग्दैपत्राचार गरेको   यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा एमालेका तर्फबाट नेम्वाङ कांग्रेसबाट रामचन्द्र पौडेलको उम्मेदवारीपरेको  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय