सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने नीति लिएपछि विद्युतीय सवारीमा प्रयोगकर्ताको आकर्षण बढेको छ। पेट्रोलियम पदार्थकोभन्दा निकै कम खर्च लाग्ने, वातावरण अनुकूल स्वास्थ्यका लागि समेत राम्रो भएकाले विद्युतीय सवारी प्रयोगकर्ताको रोजाइमा परेकोहो।

चालु आर्थिक वर्षको महिनाको अवधिमा साढे १७ सय वटा विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन्। भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको महिनाको अवधिमा चार अर्ब ९२ करोड रूपैयाँ बराबरको १७ सय ४९ वटा चार पाङ्ग्रे सवारी साधननेपालमा आयात भएका छन्।  

भन्सार विभागका अनुसार गत आर्थिक वर्षको साउनदेखि पुससम्मको अवधिमा ११ सय वटा विद्युतीय सवारी साधन भित्रिएका थिए।गत आवको महिनाको तुलनामा चालु आवको महिनाभित्र सय ४५ वटा अर्थात् ५८.४७ प्रतिशत बढी विद्युतीय सवारी साधनआयात भएको छ। विभागको तथ्यांकले गत आर्थिक वर्षभरिमा आयात भएका विद्युतीय सवारी साधनको हाराहारी विद्युतीय सवारीसाधन पछिल्लो महिनाभित्र आयात भएको देखाउँछ। विभागका अनुसार गत आवको वर्षभरिमा १८ सय वटा विद्युतीय सवारी साधनआयात भएका थियो।

कर वृद्धिले सवारी साधनको आयात घट्यो

सरकारले चालु आवको बजेटमा तीन सय किलोवाट क्षमताका विद्युतीय सवारी साधनको भन्सार महसुल ४० प्रतिशतबाट वृद्धि गरेर ६०प्रतिशत बनाएको थियो। त्यसैगरी सय किलोवाट क्षमताका विद्युतीय सवारी साधनको अन्तःशुल्क ४५ बाट बढाएर ६० प्रतिशतपु¥याइएको थियो।

जसको कारणले चालु आर्थिक वर्षको महिनामा यो क्षमताका विद्युतीय सवारी साधन न्यून मात्रामा आयात भएका छन्। चालु आवकै महिनाको अवधिमा दुई सय किलोवाटदेखि तीन सय किलोवाट क्षमताका वटा मात्रै चार पाङग्रे सवारी साधन नेपाल भित्रिएका छन्।सो सवारी साधन खरिद गर्न तीन करोड ५१ लाख ५० हजार रूपैयाँ लागत तिरेर खरिद गरिएको हो।

सरकारले आर्थिक ऐन मार्फत एक सय किलोदेखि दुई सय किलोवाट क्षमताका विद्युतीय सवारी साधनको १५ प्रतिशत भन्सारमहसुललाई वृद्धि गरेर ३० प्रतिशत गराएको थियो।

आर्थिक ऐन मार्फत दुई सय किलोवाटदेखि तीन सय किलोवाट क्षमतासम्मका विद्युतीय सवारी साधनको भन्सारदर ३० प्रतिशत रहेकोमाअहिले वृद्धि गरेर ४५ प्रतिशत कायम गरेको छ। त्यस्तै एक सय किलोवाट क्षमताका विद्युतीय सवारी साधनमा भने अन्तःशुल्कलगाइएको छैन। चालु आवको साउनदेखि पुस मसान्तसम्मको अवधिमा एक सय किलोवाट क्षमताका कार÷जीप÷भ्यान १७ सय वटाचार पाङग्रे विद्युतीय सवारीसाधन आयात भएका छन्।

 

ती सवारी साधन आयात गर्दा अर्ब ७३ करोड ७८ लाख रूपैयाँ खर्च लागेको छ। सोही अवधिमा एक सय किलोवाटदेखि दुई सयकिलोवाट क्षमताका ३५ वटा चारपाङग्रे सवारीसाधन खरिद गर्दा १५ करोड ६१ लाख २२ हजार रूपैयाँ खर्च लागेको छ।

भन्सार विभागका अनुसार आव २०७८/७९ को महिनाको अवधिमा तीन अर्ब २४ करोड ३३ लाख खर्चेर ११ सय वटा विद्युतीय सवारीसाधन आयात भएको थियो। गत आवको महिनाको अवधिमा १५० देखि २०० किलोवाट क्षमताका सय ९२ इलेक्ट्रिक कार, जीप भ्यान छन्। महिनाको अवधिमा सबैभन्दा धेरै यस्ता खालका विद्युतीय सवारी साधन आयात गरिएको थियो।  

विभागले गत वर्ष सय ९२ वटा विद्युतीय सवारी आयात गर्दा दुई अर्ब १३ करोड रूपैयाँ खर्च भएको जनाएको छ। गत आवको महिनामा अर्ब करोड रूपैयाँ बराबरको सय किलोवाट क्षमताका इलेक्ट्रिक कार, जीप भ्यान सय ९६ वटा सवारी साधन आयातगरिएको थियो।सोही अवधिमा १०० देखि १५० किलोवाट क्षमताका इलेक्ट्रिक कार, जीप भ्यान गरी १३ वटा सवारी साधन आयातगरिएको थियो। यसका लागि करोड ६७ लाख रूपैयाँ खर्च भएको थियो।  

गत आर्थिक वर्षमा तीन सय किलोवाट क्षमताको दुईवटा विद्युतीय सवारी साधन आयात भएका थिए। यसका लागि दुई करोड ५६ लाखरूपैयाँ लागेको थियो। गत आवको महिनाको अवधिमा २७ करोड २७ लाख रूपैयाँ खर्चेर २९ सय ५१ वटा तीनपांग्रे इलेक्ट्रिक सवारीसाधन आयात गरिएको थियो। चालु आवको महिनाको अवधिमा ३७ करोड ५८ लाख ६४ हजार रूपैयाँ खर्चेर ३८ सय ४८ वटा तीनपाङग्रे इलेक्ट्रिक सवारी साधन आयात भएको छ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा चार पाङ्ग्रे विद्युतीय सवारी साधन १८ सय वटा आयात भएका छन्। आव२०७७÷७८ मा भने २४९ वटा मात्रै आयात भएका थिए। अघिल्लो आवको बजेटमा विद्युतीय सवारी साधनको आयातमा लाग्ने करघटाइएसँगै गत आर्थिक वर्षमा झण्डै गुणा बढी विद्युतीय सवारी नेपाल भित्रिएका थिए।  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय