राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको विकासका लागि संघीयताको अवधारणा अनुरुप प्रदेशलाई सुविधा सम्पन्न बनाउनुपर्ने धारणाराखेकी छिन्। नेपालका सातै प्रदेशलाई सुविधा सम्पन्न बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाई थियो।

 मंगलबार हेटौंडामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आयोजना गरेको हेटौंडा अस्पतालको नवनिर्मित भवनको उद्घाटनकार्यक्रममा सहभागी हुन यहाँ आइपुगेकी उनले यस्तो बताएकी हुन्। उनले गणस्तरीय स्वास्थ्य सेवालाई नागरिकको घर दैलोमा पुर्याउनुराज्यको दायित्व भएको धारणा राखिन्। संघीयताको अवधारणा अनुरुप हेटौंडा आसपासका विरामीको सेवा विद्यार्थीको शिक्षाकोक्षेत्रमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले विषेश कदम चाल्न अनुरोध गरिन्।

संविधानको व्यवस्था बमोजिम नागरिकहरुको मौलिक हक अन्तर्गत गुणस्तरीय स्वास्थ्य सेवा दिन समेत राष्ट्रपति भण्डारीले सुझावदिइन्।यस प्रतिष्ठानले गुणस्तरीय स्वास्थ्य सेवा शिक्षा दिनेछ भन्ने विश्वास लिएको छु’, उनले भनिन्, ‘रोग नलाग्नु मात्र स्वास्थ होइनभन्ने बिषय बुझ्न बुझाउन जरुरी छ।उनले जनस्वास्थ्य कार्यक्रमलाई योजनावद्ध तवरले नागरिकको घरदैलोमा पुर्याउन, आयुर्वेद तथावैकल्पिक चिकित्सालाई स्थापित गर्न स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न प्रतिष्ठानको महत्वपूर्ण भूमिका हुनेसुझाव दिइन्। शारीरिक मानसिक तन्दुरुस्ती एवम् सकारात्मक रहन सक्नु नै वास्तविक स्वास्थ भएको उनको भण्डारीको दावी थियो।

जनस्वास्थको उच्चतम लक्ष्य हाँसिल गर्न नागरिकको घरदैलोमा आवश्यक औषधी तथा आधुनिक प्रविधियुक्त विषेशज्ञ सेवा उपलब्धगराउनुपर्नेमा जोड दिइन्। स्वास्थ्य सेवा संगै अनुसन्धानको क्षेत्रमा पनि काम गर्न सकेमा जननेता मदन भण्डारीको नाममा स्थापितप्रतिष्ठानको उद्देश्यले सार्थकता पाउने उनको जिकिर थियो। स्वस्थ व्यक्तिबाट मात्र स्वस्थ समाज निर्माण हुनसक्नेमा जोड दिँदै राष्ट्रपतिभण्डारीले सुदृढ, विकसित, स्वाधीन आत्मनिर्भर सवल राष्ट्रको निर्माणमा लागि स्वास्थ्य क्षेत्रको विकास जरुरत् रहेको बताइन्। प्रदेशराजधानी एवम् औद्योगिक नगरीको हेटौंडामा मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठान स्थापना भएपछि नागरिकको सेवा अवस्था परिवर्तनहुने उनले विश्वास व्यक्त गरिन

अस्पतालको नयाँ भवनबाट मकवानपुर आसपासका जनताले गुणस्तरीय सेवा पाउनुपर्ने उनको सुझाव थियो। मदन भण्डारी स्वास्थ्यविज्ञान प्रतिष्ठानले संघीय सरकारको ४३ करोड रुपैयाँ लागतमा हेटौंडा अस्पतालको तले भवन निर्माण गरेको हो। उद्घाटनमा बागमतीप्रदेश प्रमुख यादवचन्द्र शर्मा, मुख्यमन्त्री शालिकराम जम्कट्टेल, प्रदेशका मन्त्रीहरु लगायतको उपस्थिती रहेको थियो। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय